यस्ता स्वभावका मान्छेको गरिबीमै जीवन बित्छ, हुनेछ सधैँ धनको अभाव र अस्वस्थता

चन्द्रगुप्तलाई मौर्य वंशको सम्राट बनाउने महान कूटनीतिज्ञ र राजनीतिज्ञ आचार्य चाणक्यको नीति आज पनि त्यस्तै सान्दर्भिक छ । सयौ वर्ष पहिले चाणक्यको नीतिले जिन्दगिको सही नीति सिकाउँछ । हरेक समस्यासँग लड्ने सक्ति प्रदान गर्दछ र हरेक समस्यासँग तरिका बताउछ । चाणक्यको नीति अपनाउने व्यक्ति अवस्य सफल हुन्छ । आचार्य चाणक्यले सफल जीवनका नियमहरु बताउनुका साथै ती कुराहरु पनि बताउनुभएको छ, जुन तपाईको जीवनमा आउने गर्दछ । आज चाणक्य नीतिको माध्यमबाट जान्दछौं कि कस्ता स्वभावक मानिसहरुमा सफलता र धन सधै टाढा रहन्छ ।

बिहान ढिला सम्म सुत्ने मानिस


चाणक्यको नियम अनुसार जुन मानिस बिहान ढिला उठ्छ त्यस्ता मानिसलाई सधै पैसाको अभाव हुन्छ । माता लक्ष्मीले ढिलासम्म सुतेको मन पराउदिनन् । त्यसैले ढिला सम्म सुत्ने मानिसमा लक्ष्मीको कृपा हुदैन ।

चर्को आवाजमा बोल्ने मानिस


ठुलो आवाज र असभ्य शैलीमा उपस्थित हुने मानिसलाई कसैले मन पराउदैनन् । यस्ता स्वभाव भएका मानिसलाई माता लक्ष्मीले पनि मन पराउनु हुँदैन । कडा तथा असभ्य बोल्ने मानिसको नत साथि-आफन्त सँग मिल्न सक्छन् । यस्ता मानिस सँग पैसा पनि नटिक्ने हुन्छ ।

सरसफाईमा ध्यान नदिने मानिस


दैनिक नुहाउनु , दाँत माझ्न, सफा कपडा लगाउन निकै आवस्यक हुन्छ। फोहोरी र फोहोरमा बस्ने मानिसलाई लक्ष्मीले मन पराउनु हुदैन । जहाँ सरसफाइ छैन त्यहाँ देवी लक्ष्मी कहिल्यै बस्दैनन्।

झुटो बोल्ने मानिस


फटाहा र धोकेबाज मानिस केहि समय खुशी हुन सक्छन् । तर सत्य बाहिर आए पछि कसैले उसलाई विश्वास गर्दैन। देवी लक्ष्मी पनि त्यस्ता मानिसहरुको साथमा कहिले पनि हुदैनन् ।

धरै भोजन गर्ने मानिस


चाणक्य भन्छन् एक व्यक्तिले यति मात्र भोजन गर्नु पार्छ जति उसको शरीरलाई आवश्यक पर्ने हुन्छ। आवश्यक्ता भन्दा धरै भोजन गर्नाले शरीरमा विभिन्न किसमको रोग उत्पन्न हुन्छ। अस्वस्थ मानिस धन कमाउनु भन्दा पनि स्वास्थ्य उपचारमा धन गुमाउछ।

अर्को समाचार:

यी हुन् माता दुर्गाका यी ५ शक्तिशाली मन्त्रले, शुभ फल प्राप्तिको लागि यस समयमा अवश्य पाठ गर्नुहोस् !