धन्तेरस २०७९: आफ्नो राशि अनुसार किन्नुहोस यस्ता सामान, चम्किनेछ भाग्य !

लक्ष्मीपुजा भन्दा पहिले नै धनतेरस अर्थात् धन त्रयोदशी मनाउने गरिन्छ। हिन्दुधर्मअनुसार हरेक वर्षको कार्तिक मासको कृष्ण पक्षको त्रयोदशीको  धनतेरसलाई पर्वको रुपमा मनाइन्छ।धनतेरस तिहारको सुरुहुनुभन्दा एक दिन पहिले आउने गर्छ यस दिन भगवान धनवंतरि धनको देवता कुबेरको पुजा गरिन्छ। धन्तेरसको समयमा सुन, चाँदी र भाडा किन्ने गरिन्छ। यस वर्ष कार्तिक ६ गते धनतेरस परेको छ।

धनतेरसको दिन आफ्नो राशीअनुसार किन्नुहोस यी  चिज:

मेष राशि (Aries) : सुनको सिक्का वा गहना, विद्युत या इलेट्रोनिक उपकरण मोबाइल, टिभी आदि किन्न सक्नुहुनेछ । रातो फल दान गर्नुहोस् । वृषभ राशि (Taurus) : सुनको सिक्का, बेसर शिक्षासम्बन्धि उपकरण जस्तै ल्यापटप या कम्प्युटर किन्न सक्नुहुनेछ। मिथुन राशि (Gemini) : खाद्य समान, मिक्स्चर वा भाडाकुडा किन्न सक्नुहुनेछ।

कर्कट राशि (Cancer) : फ्रिज, चाँदीको भाडाकुडा, मोतीको हार या औठी, घर वा गाडी किन्दा अत्यन्तै शुभ हुनेछ। सिंह राशि (Leo): सुनबाट बनेको सामान  खरीद गर्दा धन वृद्धि हुनेछ। कन्या राशि (Virgo) : नया मोबाइल, इन्टरनेट कनेक्शन, टिभी तथा संचार सम्बन्धि उपकरण, स्टिलको भाड आदि किन्नुहोस। क्रेडिट कार्ड या ऋण  भने नकिन्नुहोस।

तुला राशि (Libra) : चाँदीको भाडा, परफ्युम, र घरजग्गामा लगानी  गर्नुहोस। हरेक तर्फबाट धन प्राप्ति हुनेछ। वृश्चिक राशि (Scorpio) : इलेट्रोनिक सामान किन्नुहोस्। रातो रंगको कलर राम्रो रहनेछ। तामाको भाडा, देकोरेशन सामान किन्नुहोस। धनु राशि (Sagittarius) : लक्ष्मीको मुर्ति किनेर पुजा स्थानमा राख्नुहोस। मकर राशि (Capricorn) : सम्पतिबाट केहि प्राप्त हुनेछ यदी सवारी साधन, इलेक्ट्रोनिक सामान या घरमा चाहिने भाडाकिन्दै हुनुहुन्छ भने कालो रंगको किन्नुहोस।

कुम्भ  राशि (Aquarius) : फलामको कराई, कुकर, सवारीसाधन, फ्रिज, टिभी आदि कालो, निलो या ग्रे  कलरको किन्नुहोस। मिन  राशि (Pisces) : तामाको भाडा किन्नुहोस।

अर्को समाचार:

शनिदेवको कृपाले ६ महिनामा धनदौलतले सुसम्पन्न हुनेछन् यी ३ राशि !