नवरात्रिमा गर्नुहोस् वास्तु सम्बन्धी यी उपाय, हट्नेछ धन-स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्या !

धार्मिक मान्यता अनुसार नवरात्रि सुरु भएसँगै अहिले देशैभर दुर्गाको विभिन्न रूपको पूजा गरिँदै छ । यस पटक नवरात्रको विसर्जन असोज १८ गते हुने छ भने भोलिपल्ट असोज १९ गते माता दुर्गाको प्रसाद स्वरूप टिका थापिन्छ । गरिबी, रोग, मानसिक तनाव वा विभिन्न समस्यामा परेको हुनुहुन्छ भने नवरात्रमा वास्तुका केही विशेष उपाय गर्नाले ती सबै समस्याबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ। ती विशेष उपायहरू के हुन् र कसरी प्रयोग गर्न सकिन्छ? जान्नुहोस्….

नवरात्रिमा गर्नुहोस् यी वास्तुको उपाय

नवरात्रिको समयमा दुर्गा माताको मन्दिरमा जानुहोस् र रातो रङको कपडा चढाउनुहोस्। दुर्गा मातालाई रातो रङ निकै प्रिय हुने र यही रंगको कपडा चढाएर यसको फलस्वरूप परिवारलाई आशीर्वाद दिने जनविश्वास रहेको छ । यससँगै रोकिएका सबै काम पूरा हुने मान्यता रहेको छ । नवरात्रिको समयमा घरको मुख्य द्वारमा दुवै तर्फ सिन्दूरले स्वस्तिकको चिन्न बनाइन्छ। यसपछि पानीमा बेसार मिसाएर पीपलको रूखमा अर्पण गर्नुहोस्। वास्तुको यो उपायले घरमा भएका नकारात्मक शक्तिहरू घरबाट टाढा रहन्छन् र सकारात्मक ऊर्जाको प्रवाह बढ्छ भन्ने विश्वास गरिन्छ।

यस्ता उपायले प्रसन्न हुन्छिन् माता दुर्गा

शारदीय नवरात्रि अवधिमा घरको मुख्य द्वारबाट भित्र परेको मात्र दुर्गाको पैतालाको निसान बनाउनु होस् । धार्मिक मान्यता राहेको छ यस्तो उपाय गर्नाले माता दुर्गाको साथै धनकी देवी लक्ष्मी पनि प्रसन्न हुने मान्यता रहेको छ । यस उपाय गर्नाले घरमा कहिल्यै पनि धन, ऐश्वर्यको कमी नहुने मान्यता रहेको छ । साथै परिवारका सदस्यको स्वास्थ्य स्थितिमा पनि सुधार हुने मान्यता रहेको छ ।

अर्को समाचार:

मंसिर १६ गतेसम्म यी राशिमा हुनेछ शुक्र देवको कृपा, धन लाभ साथै भाग्योदयको प्रबल सम्भावना !