भोलि धनको कारक ग्रह शुक्र राशि परिवर्तन गर्दै, यी राशिलाई पर्नेछ शुभ प्रभाव: रहनुहोस् सावधान !

शुक्रको राशि परिवर्तनले सबै राशिको आर्थिक स्थितिमा विशेष प्रभाव पार्ने भएको छ । यस पटक शुक्र ग्रह २४ सेप्टेम्बरमा बुध देवको राशि कन्या राशिमा प्रवेश गर्नेछ । ज्योतिषशास्त्रको भनाइ अनुसारल यो राशि परिवर्तनले केही राशिका लागि खर्च बढ्छ । हेर्नुहोस् शुक्रको राशि परिवर्तनबाट कुन-कुन राशिका व्यक्ति सावधान रहन पर्ने हुन्छ ।

शुक्रको राशि परिवर्तनको नकारात्मक प्रभाव
भोलि सेप्टेम्बर २४ मा धनको स्वामी शुक्र कन्या राशिमा प्रवेश गर्नेछ। शुक्रको यो राशि परिवर्तन केही राशिका लागि आम्दानीमा वृद्धि हुनेछ भने केही राशिका लागि खर्च बढ्ने छ । यस राशिका व्यक्तिहरूको अबको एक महिना आर्थिक स्थितिमा केहि समस्या भोग्नु पर्न्मे देखिन्छ । जसको कारण उनीहरूको आर्थिक अवस्था पूर्ण रूपमा बिग्रन सक्छ। यस समयमा कुन राशिका व्यक्तिहरूले सावधान रहन पर्ने हुन्छ ?

मेष राशि

शुक्र मेष राशिको दोस्रो र सातौं घरको स्वामी हो र राशि परिवर्तनको समयमा यस राशिको कुण्डलीको छैठौं घरमा प्रवेश गर्नेछ। यस स्थानमा स्थायी जागिर, रोग, शत्रुता, कठिनाइ, कानूनी विवादहरू छन्। यस स्थानमा शुक्रको आगमनको कारणले सबैसँग सम्बन्धित खर्च व्यहोर्नुपर्ने हुनसक्छ। आफ्नो वा परिवारका सदस्यहरूको स्वास्थ्य उपचारमा धेरै खर्च गर्नुपर्ने हुन सक्छ। यस समयमा कुनै प्रकारको कानुनी विवादमा फस्नुका साथै धनको अपव्यय हुन सक्छ।

मिथुन राशि

शनिबार २४ सेप्टेम्बरमा, शुक्र मिथुन राशिको ४ औँ घरमा प्रवेश गर्नेछ । कुण्डलीको चौथो घरलाई सबै सुख, धन, आमाको स्वास्थ्य र भावनाको कारक मानिन्छ। यस समयमा आमाको स्वास्थ्य बिग्रन सक्छ र यसले खर्च बढाउन सक्छ। यस अवधिमा तपाईले कुनै सम्पत्तिमा पनि लगानी गर्न सक्नुहुन्छ। योसँगै कतिपयको आर्थिक अवस्थामा पनि यो समयमा सुधार आउने सम्भावना छ । यस समयमा पैसा बुद्धिमानीपूर्वक खर्च गर्नु पर्ने हुन्छ ।

कुम्भ राशि

कुम्भ राशिका लागि शुक्र ग्रहलाई चौथो र नवौँ घरको स्वामी मानिन्छ। जीवनमा आउने उतारचढाव, आकस्मिक घटना, अनुसन्धान आदि यसमा देख्न सकिन्छ । कन्या राशिको शुक्रको प्रवेशले आर्थिक स्थितिमा धेरै उतार चढाव दिन सक्छ। यस अवधिमा केही अचानक खर्चले संचित पूँजी घटाउन सक्छ। आर्थिक रुपमा यस समयमा धेरै कठिनाइहरूको सामना गर्नुपर्ने हुन सक्छ।

अर्को समाचार:

असोज ८ गतेको राशिफल: शनिबार मीन सहित ५ राशिलाई अत्यन्तै शुभ, २ राशि रहनुहोस् सावधान, हेर्नुहोस् राशिफल !