४८ घण्टापछि सुरु हुँदैछ शारदीय नवरात्री, हेर्नुहोस् शुभ समय र कलश स्थापनाको उपाय !

हिन्दू धर्ममा शारदीय नवरात्रीको ठूलो महत्त्व छ । यस वर्षको शारदीय नवरात्र सुरु हुन केही दिन मात्रै बाँकी छ । मन्दिरहरूमा नवरात्रीको तयारी पुरा भएको छ । नवरात्रको पहिलो दिन अर्थात् प्रतिपदाका दिन घरघरमा कलश स्थापना गरिन्छ । नवरात्रिको ९ दिनमा मानिसहरूले माता दुर्गाको भक्तिपूर्वक पूजा गर्छन्। यस वर्षको शारदीय नवरात्रि २६ सेप्टेम्बर अर्थात् सोमबारदेखि सुरु हुँदैछ । यो असोज ४ गतेसम्म चल्नेछ । आउनुहोस् हामी तपाईंलाई शुभ समय र पूजा गर्ने विधि बत्ताउँछौँ।

शुभ समय

शारदीय नवरात्रीको प्रतिपदा असोज १० गते बिहान ०३:३८ मा सुरु हुनेछ, र ११ गते बिहान ०३:२३ मा समाप्त हुनेछ। आश्विन कलश स्थापना – असोज १० गते बिहान ०६:२६ देखि ०८:०६ सम्म, अवधि – ०१ घण्टा ४० मिनेटसम्म, घटस्थापना अभिजित मुहूर्त – दिउसो १२:०३ बजे देखि १२:५१ सम्म, अवधि – ४८ मिनेट

सरी गर्नुहोस् कलश स्थापना 

मन्दिरको उत्तर-पूर्व दिशामा कलश स्थापना गर्नु पर्छ र पहिले माता दुर्गाको स्थान बनाएर कलश स्थापना गर्नुपर्छ। सबैभन्दा पहिले गंगाजल छर्केर त्यो स्थानलाई पवित्र बनाउनुहोस्। त्यसपछि काठको टुक्रामा रातो रंगको स्वस्तिक बनाउनुहोस् र कलश स्थापना गर्नुहोस्। कलशमा आँपको पात राखेर पानी वा गंगाजलले भर्नुहोस्। कलशमा एक सुपारी, केही सिक्का, दुबो, बेसारको एक गाँठो पनि राख्नुहोस्।

कलशको मुखमा रातो कपडाले बेरेर नरिवल राख्नुहोस् । चामलबाट अष्टभुज अर्थात् अक्षत बनाउनुहोस् र माता दुर्गाको मूर्ति राख्नुहोस्। तिनीहरूलाई रातो वा गुलाबी कपडाले छोप्नुहोस्। कलश स्थापना गरेपछि माता शैलपुत्रीको पूजा गर्नुहोस्। हातमा रातो फूल र चामल लिएर माता शैलपुत्रीको ध्यान गरेपछि मन्त्र जप र माताको चरणमा फूल र चामल चढाउनुहोस्। माता शैलपुत्रीको लागि बनाइने भोग गाईको घ्यूबाट नै बनाउनुपर्छ । अथवा गाईको घ्यू चढाउँदा पनि रोग र कष्टबाट मुक्ति मिल्छ ।

अर्को समाचार:

शुक्रबारको दिन यस यंत्रको पूजाले प्रसन्न हुन्छिन् माता लक्ष्मी, मिल्नेछ धन-वैभवको आशीर्वाद !