नवरात्री उपाय : प्रत्येक वर्ष आश्विन शुक्ल पक्षको प्रतिपदा तिथिबाट शारदीय नवरात्रीको सुरुवात हुन्छ । यस पटक नवरात्रि असोज १० गतेबाट सुरु भएर १८ गते समाप्त हुनेछ । यस अवधिमा माता दुर्गाको भक्तहरूले पूर्ण भक्तिपूर्वक माता शक्तिका नौ रूपको पूजा गर्छन्। माता दुर्गाको आराधना गर्नाले मनोकांक्षी फल प्राप्त हुने जनविश्वास छ ।
आज हामी तपाइहरुलाई यस पोस्ट मार्फत नवरात्रिमा गर्नै पर्ने केही यस्ता महत्वपूर्ण उपायहरु बताउन गइरहेका छौँ ।
नवरात्रिमा देवीको पिठसँगै लक्ष्मीको मन्दिरमा अवश्य जानुपर्छ । त्यसपछि रातो कपडामा अलिकति केसर, बेसार र चामल बाँधेर माता लक्ष्मीलाई अर्पण गर्नुहोस्। त्यसबाट अलिकति अक्षयता लिएर घर आउनुहोस् र पैसा राखेको ठाउँमा छर्क्नुहोस्।
नवरात्र सुरु हुनुअघि घरको मुख्य ढोकामा आँप वा अशोकको पातकोलाई बाँधेर राख्नुहोस्। यो काम पूजा गर्नु अघि गर्नुपर्छ। यी पातक लगाउनाले घरको नकारात्मक ऊर्जा हट्ने विश्वास गरिन्छ।
नवरात्रिमा तामाको भाँडोमा नौ दिनसम्म पानी भरेर त्यसमा गुलाबको पात र इत्र हालेर घरको मुख्य प्रवेशद्वारमा राख्नुहोस् । यसो गर्नाले माता लक्ष्मीको कृपा कायम रहन्छ र घरमा आर्थिक संकट हुँदैन ।
नवरात्रिको पहिलो दिन घरमा माता दुर्गाको पाद चिन्ह बनाउनुहिस । माताको पाइलाको छाप बनाउँदा घर भित्र जानुपर्छ भन्ने कुरामा ध्यान दिनुहोस्। आजकल बजारमा आमाको खुट्टाको छाप भएको स्टि:-कर पनि पाइन्छ ।