यस वर्षको अन्तिम सूर्यग्रहणले ४ राशिलाई समस्यामा पार्ने, यस दिन रहनुहोस् सावधान !

सूर्यग्रहणलाई ज्योतिषशास्त्रमा महत्त्वपूर्ण मानिन्छ । सन् २०२२ को अन्तिम सूर्यग्रहण तिहार लगत्तै अक्टोबर २५ तारिख मंगलबार लाग्नेछ । दीपावली पर्व अक्टोबर २४ तारिख सोमबार मनाइँदै छ । ज्योतिषीहरुका अनुसार दिपावली पूजा वा गोवर्धन पूजामा सूर्यग्रहणको कुनै असर नपर्ने बताइएको छ । जान्नुहोस् सूर्यग्रहणमा कुन राशिका व्यक्तिले अपनाउनु पर्नेछ सावधानी ? २५ अक्टोबर मंगलबार दिउँसो ०४:३८ बजेबाट सुरु हुने सूर्यग्रहण साँझ ०६:४० बजेसम्म रहनेछ। ग्रहणको मध्य समय ०५:४३ मा हुनेछ र मोक्ष साँझ ६:४० मा हुनेछ।

सूर्य ग्रहणको समयमा यी राशि रहनुहोस् सावधान

वृष राशि

सूर्यग्रहण वृष राशिका लागि पीडादायी साबित हुन सक्छ। यो समयमा स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ । मन अशान्त रहन सक्छ। धन हानि हुने सम्भावना छ ।

मिथुन राशि

मिथुन राशिका मानिसहरुका लागि सूर्यग्रहणको समय कठिन हुन सक्छ । यस समयमा अनावश्यक खर्चबाट बच्नुपर्छ । काममा अवरोध आउन सक्छ । व्यापारमा घाटा हुन सक्छ । जीवनसाथीसँग मनमुटाव हुन सक्छ।

कन्या राशि

कन्या राशिका व्यक्तिहरुलाई आर्थिक क्षेत्रमा कठिनाइको सामना गर्नु पर्नेछ । काममा सावधानी अपनाउनुहोला । कुनै पनि नयाँ कामको थालनी नगर्नुहोस्। सवारी चलाउँदा सावधानी अपनाउनुहोस। चोटपटक लाग्ने खतरा छ ।

तुला राशि

सूर्यग्रहणले तुला राशिका व्यक्तिहरुको समस्या बढाउन सक्छ । यस समयमा तपाईले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नु पर्छ। कुनै कुराले मन विचलित हुन सक्छ।

अर्को समाचार:

भोलि धनको कारक ग्रह शुक्र राशि परिवर्तन गर्दै, यी राशिलाई पर्नेछ शुभ प्रभाव: रहनुहोस् सावधान !