यी राशिका मानिसले हिराको कुनै चिज नलाएकै उचित हुने, हुन्छ निकै अशुभ !

हिरा, सौन्दर्य र चमकको लागि दुनिया भरमा प्रसिद्ध, एक धेरै बहुमूल्य रत्न हो। साथै ज्योतिष शास्त्रमा हिरा लगाउनुका धेरै फाइदा पनि बताईएको छ। हिरा शुक्र ग्रहसँग सम्बन्धित मानिन्छ। ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई भौतिक सुख, वैवाहिक सुख र विलासको कारक मानिएको छ। यस्तो अवस्थामा जसको कुण्डलीमा शुक्र ग्रह कमजोर छ, त्यस्ता व्यक्तिलाई हिरा धारण गर्न सल्लाह दिइन्छ। शुक्र ग्रहको शुभ प्रभावले जीवनमा सुख, समृद्धि र ऐश्वर्य प्राप्त हुने जनविश्वास रहेको छ।

ज्योतिषशास्त्रका अनुसार वृष, मिथुन, तुला, कन्या र मकर राशिका व्यक्तिले सही तरिकाले हिरा लगाउन सक्छन्। हिरा रत्न धारण गर्नाले यी राशिका व्यक्तिहरूलाई व्यापार, स्वास्थ्य र दाम्पत्य जीवनसँग सम्बन्धित समस्याबाट मुक्ति मिल्छ। ज्योतिषशास्त्रको सल्लाहमा तपाईंले यसलाई शुक्रबार प्लेटिनम र चाँदीको औंठीमा लगाउन सक्नुहुन्छ।

यद्यपि हिराको चमकले सबैलाई आफ्नोतर्फ आकर्षित गर्छ, तर यो सबै राशिका लागि शुभ हुँदैन। ज्योतिष शास्त्रका अनुसार कुन राशिका व्यक्तिले हिरा लगाउनुहुँदैन भन्ने बारे जानौँ।

यी राशिका व्यक्तिहरूले लगाउनु हुँदैन हिरा

ज्योतिषीहरूका अनुसार हिरा केही राशिका लागि उपयुक्त हुँदैन। जसमा मेष, धनु, सिंह, मीन र वृश्चिक राशिका मानिसहरु पर्छन्।

अर्को समाचार:

देवगुरु बृहस्पति १२ वर्ष पछि उल्टो चालमा, यी राशि व्यक्तिको हुनेछन् भाग्योदय!