संसारमा यस्ता धेरै महान् सन्त महापुरुष भएका छन्, जसले आ–आफ्नो कालमा देशमा ज्ञानको ज्योति फैलाएका छन् । ती मध्ये एक हुन् आचार्य चाणक्य । सयौँ वर्षअघिको उनको भनाइ आज पनि करोडौँ मानिसको जीवनमा पथप्रदर्शक बनेको छ । जो प्रायः आर्थिक बाधासँग सङ्घर्ष गर्छन्, उनीहरुको लागि चाणक्य नीतिमा केही उपाय दिइएको छ। चाणक्यले भनेका छन् कि जुन घरमा नियमित ३ वटा काम गरिन्छ, त्यहाँ माता लक्ष्मीको वास हुन्छ । जान्नुहोस् यी काम के-के हुन् ?
पति र पत्नीमा विश्वास
आचार्य चाणक्यले भनेका छन्, जुन घरमा पति पत्नीले एक अर्काको सम्मान गर्छ । प्रेमका साथ दुवैमा अनुशासन रहन्छन्, एक अर्कालाई विश्वास गर्छन् र सुख दुखमा साथ एक-अर्कोलाई साथ दिन्छन् । सानातिना मतभेदलाई महत्त्व दिँदैनन् । त्यस्ता घरहरूमा माता लक्ष्मी आफै खुसी भएर बस्न आउँछिन्। यस्ता घरहरू स्वर्गभन्दा कम हुँदैनन् र त्यहाँ सधैँ खुसीको वर्षा हुन्छ।
अन्न दाताको सम्मान गर्नुहोस्
चाणक्य नीतिका अनुसार अन्न भगवानको प्रसाद हो। जसलाई हामीले आदर र सम्मानका साथ स्वीकार गर्नुपर्छ। हामीले भुलेर पनि अन्न देवता अर्थात् अन्नको अपमान गर्नु हुँदैन। आचार्य चाणक्य भन्छन्, जुन घरमा अन्नको महत्त्व बुझिन्छ र अन्नको उचित भण्डारण हुन्छ, त्यहाँ लक्ष्मीको स्थायी वास हुन्छ ।
मूर्खलाई ध्यान नदिनुहोस्
आचार्य चाणक्यले अर्को कामको बारेमा भनेका छन् । उनले चाणक्य नीतिमा भनेका छन् कि जुन घरहरूमा मूर्ख र अज्ञानीको कुरालाई बेवास्ता गरिन्छ। त्यस्तै जुन घरमा बुद्धिमान व्यक्तिहरूको वचन सुनिन्छ र स्वीकार गरिन्छ, त्यहाँ सधैँ हाँसो र खुसीले आफ्नो निवास बनाउँछ। त्यस्ता घरहरूमा कलहले पाइला राख्दैन र परिवारका सदस्यहरू प्रगतिको बाटोमा अगाडि बढिरहन्छन्। त्यस्ता घरहरूमा माता लक्ष्मीले पनि आशीर्वाद दिन्छिन्।