हनी सिंहले गरे श्रीमती शालिनी तलवारसँग सम्बन्ध विच्छेद, गायकले श्रीमतीलाई तिरे यति करोड ?

एजेन्सी- भारतको पञ्जाबी गायक हनी सिंह र उनकी श्रीमती शालिनी तलवारको सम्बन्धविच्छेद भएको छ । शालिनी तलवारले गत वर्ष दिल्लीको तीस हजारी अदालतमा सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी थिइन्, जसमा गायकलाई घरेलु हिंसा र अन्य महिलासँग शारीरिक सम्बन्ध लगायतका आरोप लगाइएकी थिइन् । शालिनीले सामाजिक सञ्जालमा आफ्नो विवाहको राखेपछि हनी सिंहले निर्ममतापूर्वक कुटपिट गरेको आरोप पनि लगाएकी थिइन् ।

यो मुद्दा मुख्य अदालतमा सूचीबद्ध गरिएको थियो र अदालतले हनी सिंहलाई २८ अगस्ट २०२१ को लागि नोटिस जारी गर्‍यो। अहिले दुवै छुट्टिएका छन् । भारतीय मिडिया रिपोर्टका अनुसार शालिनीले हनी सिंहसँग डिभोर्सका लागि १० करोड भारु माग गरेकी थिइन् तर १ करोडमा सम्झौता भइसकेको छ । हनी सिंहले बिहीबार दिल्लीको साकेत जिल्ला अदालतको पारिवारिक अदालतमा सिल गरिएको खाममा शालिनी तलवारलाई एक करोड भारुको चेक हस्तान्तरण गरेको बताएको छ ।

यस विषयमा अर्को सुनुवाइ अब २० मार्च २०२३ मा हुनेछ, जसमा अर्को प्रस्तावको सुनुवाइ हुनेछ। यी दुवैको प्रेम कहानी स्कुलको समय देखि सुरु भएको थियो। यी दुई करिब २० प्रेम सम्बन्धमा रहेर विवाह गरेका थिए । लामो समयसम्म प्रेममा परेपछि दुवैले २०११ मा विवाह गरे तर यो विवाह लामो समय टिक्न सकेन र अहिले १० वर्षपछि दुवै अलग भएका छन् ।

अर्को समाचार:

घरमा किनेर ल्याउनुहोस् यो एक चिज, कहिल्यै हुने छैन धनको कमी: सदैव रहनेछ लक्ष्मीको वास !