भनिन्छ हरेक मानिस कुनै न कुनै समस्याले सताएको हुन्छ । ज्योतिष शास्त्रका व्यक्तिको कुण्डली उसको जन्म समय-मिति,स्थान अनुसार व्यक्तिको कुण्डली तयार पारिन्छ । जब व्यक्तिको कुण्डलीमा कुनै दोष देखिन्छ तब मानिसलाई धेरै शारीरिक, मानसिक र आर्थिक समस्याले घेर्छ । जीवनका हरेक समस्याको समाधान हनुमान चालिसाको पाठमा रहेको विश्वास गरिन्छ ।
दैनिक हनुमान चालिसाको पाठ गर्ने व्यक्तिले जीवनमा कुनै पनि दुःख र डरको सामना गर्नु पर्दैन भन्ने धार्मिक विश्वास छ । शास्त्रमा हनुमानलाई संकटमोचन भनिएको छ र आजको कलियुगमा पनि जागृत भगवान रहेको विश्वास छ । यस्तो अवस्थामा हनुमान चालिसाको प्रत्येक पङ्क्तिको पाठ गर्नाले पवन पुत्र हनुमानको आशीर्वाद प्राप्त हुने मान्यता रहेको छ । ज्योतिषीहरुका अनुसार हनुमान चालिसाको पाठ गर्नाले शनिदेवको साढे साती र ढैय्याबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।
हनुमान चालिसाको पाठबाट हुने लाभ
ज्योतिष शास्त्रका अनुसार हनुमान चालिसाको नियमित पाठ गर्नाले व्यक्तिलाई आन्तरिक शान्ति प्राप्त हुन्छ र उसको आत्मविश्वास बढ्छ। आफ्नो वरपरका नकारात्मक शक्तिहरू नष्ट हुन्छन्। साथै, हनुमान चालिसाको पाठले जीवनमा भय, रोग र अवरोधहरूबाट मुक्ति दिन्छ। जीवनमा आर्थिक समस्याले घेरिएका व्यक्तिले हनुमान चालिसाको नियमित पाठ गर्नाले पनि फाइदा हुन्छ ।