राधाअष्टमी हरेक वर्ष भदौ महिनाको शुक्ल पक्षको अष्टमी तिथिका दिन मनाइन्छ। यस वर्ष राधाअष्टमी व्रत आज भदौ १९ गते रहेको छ। यस दिन भगवान श्रीकृष्ण र उनकी प्रिय राधाको पूजा गर्ने विधि छ। राधाष्टमीको व्रत बसेर राधाकृष्णको विधिवत पूजा गर्नाले जीवनका सबै दुःखबाट मुक्ति मिल्ने जनविश्वास छ। साथै ज्योतिषशास्त्रका अनुसार राधाष्टमीका दिन राशि अनुसार पूजा गर्नाले सुखी दाम्पत्य जीवन, स्वास्थ्य, समृद्धिको आशिर्वाद प्राप्त हुने गर्छ।
मेष राशि
मेष राशिका व्यक्तिले राधाष्टमीको दिन राधारानी र श्रीकृष्णलाई पञ्चामृतले अर्पण गर्नुहोस्। पञ्चमेव पनि अर्पण गर्नुहोस्।
वृष राशि
राधाष्टमीको दिन वृष राशिका मानिसहरूले राधारानी र श्रीकृष्णलाई दूधले अभिषेक गरी माखन र चिनी चढाउँछन्।
मिथुन राशि
मिथुन राशिका व्यक्तिहरूले राधाष्टमीको दिन दूध र घ्यूको मिश्रणले राधाकृष्णलाई अभिषेक गरी दूधबाट बनेको मिठाई चढाउनुपर्छ। यसले दाम्पत्य जीवन सुखमय हुने विश्वास गरिन्छ।
कर्कट राशि
राधाष्टमीको दिन कर्कट राशिका व्यक्तिले राधाजी र कृष्णलाई गाईको शुद्ध घ्यूले अभिषेक गर्नुपर्छ। यसबाहेक भोगमा भगवानलाई केसरबाट बनेको मिठाई चढाउनुपर्छ।
सिंह राशि
यस राशिका व्यक्तिले राधाष्टमीको दिन भगवान कृष्ण र राधालाई शुद्ध जल र मह मिसाएर अभिषेक गर्नुपर्छ। यसपछि गुलाब जामुनको भोग लगाउनुहोस्।
कन्या राशि
राधाष्टमीका दिन कन्या राशिका व्यक्तिले दूधमा तुलसीको पात हालेर राधाकृष्णलाई अभिषेक गर्ने र त्यसपछि पाँच प्रकारका सुक्खा फल भगवानलाई चढाउनुहोस्।
तुला राशि
तुला राशिका व्यक्तिले राधाअष्टमीको दिन पञ्चामृतले अभिषेक गरी राधा र भगवान् कृष्णलाई प्रशन्न गर्न सकिन्छ।
वृश्चिक राशि
वृश्चिक राशिका मानिसले राधाअष्टमीका दिन राधा-कृष्णलाई शुद्ध जलले अभिषेक गर्नुहोस्। यसपछि भगवानलाई दूध र मावाबाट बनेको मिठाई चढाउनुहोस्।
धनु राशि
यस राशिका व्यक्तिले राधाअष्टमीको दिन राधारानी र श्रीकृष्णलाई पञ्चामृतमा तुलसीको पात र अलिकति बेसार मिसाएर अभिषेक गर्नुपर्छ। गुलाब जामुन पनि अर्पण गर्नुहोस्। यसबाट सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको छ।
मकर राशि
राधाअष्टमीका दिन मकर राशिका व्यक्तिले राधाकृष्णलाई शुद्ध जलले अभिषेक गरी बर्फी चढाउनुपर्छ।
कुम्भ राशि
काम सम्बन्धि समस्याबाट छुटकारा पाउन कुम्भ राशिका मानिसले राधाअष्टमीको दिन राधा रानी र कृष्णलाई पञ्चामृतले अभिषेक गरी मौसमी फलफूल चढाउनुपर्छ।
मीन राशि
राधाअष्टमीको दिन मीन राशिका व्यक्तिहरूले भगवान कृष्ण र राधालाई महले अभिषेक गर्नुपर्छ। त्यसपछि केसरले बनेको मिठाई चढाउनुहोस्।