माता शैलपुत्रीले यस दिन विधिपूर्वक पूजा गर्नाले पुरा हुन्छ सम्पूर्ण मनोकामना, जान्नुहोस् माताको महाकथा !

शारदीय नवरात्रिमा नौ दिनसम्म माता शक्तिका नौ रूपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन माता शैलपुत्रीलाई समर्पित गरिन्छ। माता शैलपुत्री पर्वतराज अर्थात् हिमालयकी छोरी हुन् । हिमालका राजा हिमालयकी छोरी भएकाले उनको नाम शैलपुत्री राखियो । उनको वाहन गोरु हो । जसका कारण उनलाई वृषारुधा पनि भनिन्छ। सेतो वस्त्र लगाएर देब्रे हातमा कमल र दाहिने हातमा त्रिशूल धारण गरेका छन् । माताको निधारमा चन्द्रमा सजिएको छ। उनको पूजा गर्ने व्यक्ति भयमुक्त हुने मान्यता रहेको छ।

भगवान शिवसँग भयो विवाह 

पौराणिक कथा अनुसार प्रजापति दक्षको घरमा सती माताको जन्म हुँदा उनले सबै कुरा बिर्सिन् । महादेव सपनामा आएर सबै कुरा सम्झाए। यसपछि माता सती भगवान भोले शङ्करको पूजामा लीन हुन थालिन् । यसै क्रममा प्रजापति दक्षले उनको लागि दुलहा खोज्न थाले । माता सतीले शिवलाई पतिको रूपमा स्वीकार गरिसकेकी थिइन्।  यस्तो अवस्थामा उनको र भगवान शिवको विवाह भयो ।

राजा दक्षले यज्ञको आयोजना गरेका थिए

एक पटक राजा दक्षले घरमा यज्ञको आयोजना गरे । यसमा सबै देवी-देवता, ऋषि-मुनिहरूलाई निम्तो दिइएको थियो। तर, माता सतीका र उनका ज्वाइँले भगवान शङ्कर लाई निम्तो दिएनन् । भोलेशंकरसँग यज्ञमा जान अनुमति मागेर निम्ता नभए पनि माता सती माइत गइन् ।

पतिको अपमानका कारण माता सतीले प्राण त्याग गरिन्

माता सती बुबा प्रजापति दक्षको घर पुग्दा कसैले सम्मान गरेनन् । राजा दक्षले भोलेशंकरलाई गाली गरिरहेको देखेर । माता सतीबाट पतिको अनादर भएको सहन नसकेर यज्ञमा हाम फालेर प्राण त्याग गरिन् ।

अर्को जन्म हिमालयको घरमा भयो 

यसपछि माता सतीले शैलराज हिमालयको घरमा अर्को जन्म लिइन् । जसका कारण उनलाई माता शैलपुत्री भनिन्छ । माता शैलपुत्रीको स्वभाव सरल र कोमल छ । नवरात्रिको पहिलो दिन विधिपूर्वक शैलपुत्री माताको पूजा गरेमा सबै मनोकामना पूरा हुने जनविश्वास छ । विशेष गरी बिहे नभएका युवतीले माता शैलपुत्रीको पूजा गर्नाले उपयुक्त दुलाहा प्राप्त हुने मान्यता रहेको छ ।

अर्को समाचार:

सेप्टेम्बर महिनामा जन्मिएका व्यक्तिहरूका हुन्छन् यस्ता विशेषता, जान्नुहोस् भाग्यशाली अङ्क र रंग !