जीवनमा सुख-समृद्धिको लागि अबको १७ दिन अवश्य गर्नुहोस् यस्ता उपाय, हुनेछ नसोचेको लाभ !

अहिले भदौ महिना चलिरहेको छ । धार्मिक दृष्टिले भदौ महिना भगवान श्रीकृष्णलाई अति प्रिय मानिन्छ । पुरानो पापको प्रायश्चितको लागि यो महिना सबैभन्दा उपयुक्त मानिन्छ ।  यस महिनामा दान, जप, पुण्य, तपस्याको लागि विशेष महत्त्व रहेको जनाइएको छ । यस महिनामा भगवान कृष्णसँगै भगवान गणेशको पूजाको पनि विशेष महत्त्व रहेको छ । यो महिनामा तपाईले आफ्नो जीवनमा सुख र समृद्धि ल्याउन यी उपायहरू अपनाउन सकिन्छ, जान्नुहोस् यी उपायको बारेमा-

कार्यमा सफलता पाउनको लागि : यदि आफूले लामो समय देखि गरेको काम काम रोकिँदै छ वा काममा सफलता मिलिरहेको छैन भने भदौ महिनामा गोठमा गएर  गाईलाई हरियो घाँस दान गर्नुहोस् । साथै गाईको सेवा गर्नुहोस् वा गोठमा आर्थिक सहयोग पनि गर्न सक्नुहुन्छ ।

शनिदेवलाई प्रसन्न गर्ने उपाय: यस महिनामा शनि ग्रहसँग सम्बन्धित वस्तुहरू कालो पोसाक, कालो तिल, तोरीको तेल दान गर्नुहोस्। यस कार्यको कारण कुण्डलीमा शनि ग्रह बलवान हुने मान्यता छ ।

करियरमा उन्नति हुने उपाय: यो महिना भगवान श्रीकृष्णलाई खीर चढाउनुपर्छ । यसका साथसाथै भोकमा परेकालाई खीर पनि बाँडिनुपर्छ । यसले काममा सफलता मिल्ने सम्भावना बढ्छ।

व्यापारमा प्रगतिको लागि: भदौ महिना भगवान कृष्णलाई सेतो धागो चढाउनुहोस् र त्यसपछि यो धागो आफ्नो घाँटीमा भगवानको प्रसादको रुपमा लगाउनुहोस्। यसो गर्नाले व्यापारमा उन्नति हुने सम्भावना छ ।

भाग्योदयको उपाय: भदौ महिना भगवान कृष्णको मन्दिरमा जानुहोस् र उहाँलाई सेतो फूल चढाउनुहोस्। भदौ महिनाभर यी उपाय गरिरहनुहोस्। पूजापछि एउटा फूल खल्तीमा राख्नुहोस्  यो उपाय गर्नाले तपाईको जीवनबाट दुर्भाग्य टाढा हुन थाल्छ ।

अर्को समाचार:

ज्योतिष शास्त्र: यी ४ राशिका व्यक्ति हुन्छन् जन्मजात नै जिद्दी, हुन्छन् दृढ स्वभावका