यस महिनामा ग्रहचक्रमा यी ग्रहहरु मिलेर उथलपुथल मच्चाउँदै, कहिले-कहिले हुनेछ ?

अबको केही दिनमा सेप्टेम्बर महिना सुरु हुन लागेको छ। यो महिना २ ग्रहले आफ्नो राशि परिवर्तन गर्दा २ ग्रहको स्थिति परिवर्तन हुनेछ। जसमा एउटा ग्रह अस्त हुनेछ भने अर्को ग्रह प्रतिगामी हुनेछ। योसँगै शारदीय नवरात्री पनि यही महिनाको २६ तारिखबाट सुरु हुँदैछ। हिन्दु धर्मावलम्बीहरुको लागि नवरात्रि पर्व विशेष मानिन्छ। यस महिनामा ग्रहहरूमा हुने परिवर्तनको बारेमा यहाँ तपाईंले पूर्ण जानकारी पाउनुहुनेछ।

कन्या राशिमा बुध प्रतिगामी (सेप्टेम्बर १०, २०२२): 

बुध आफ्नो राशि र उच्च राशि कन्या राशिमा सेप्टेम्बर १०, २०२२ शनिबार बिहान ८:५७ मा प्रतिगामी हुनेछ र त्यसपछि आइतबार, अक्टोबर २, २०२२ मा मार्गी हुनेछ।

शुक्र सिंह राशिमा अस्त (सेप्टेम्बर १५, २०२२): 

शुक्र १५ सेप्टेम्बर २०२२ मा ०२:४४ मा सिंह राशिमा अस्त हुनेछ र २ डिसेम्बरको बिहान ६:२८ सम्म यो स्थितिमा रहनेछ।

कन्या राशिमा सूर्यको गोचर (१७ सेप्टेम्बर २०२२): 

सूर्य ग्रह शनिबार, सेप्टेम्बर १७, २०२२ मा बुधको आफ्नै राशि सिंह राशिबाट कन्या राशिमा प्रवेश गर्नेछ। जहाँ यो ग्रह अक्टोबर १७ सम्म बस्नेछ।

कन्या राशिमा शुक्रको गोचर (२४ सेप्टेम्बर २०२२): 

२४ सेप्टेम्बर २०२२ शनिबार राति ८:०६ बजे शुक्र ग्रहले सिंह राशि छोडेर बुधको राशि कन्या राशिमा प्रवेश गर्नेछ। जहाँ यो ग्रह अक्टोबर १८ सम्म रहनेछ।

अर्को समाचार:

तीजको दिन व्रतालु महिलाले दान गर्नुहोस् यस्ता चिज, माता लक्ष्मी हुनेछिन् प्रसन्न, हुनेछैन धनको कमी !