धार्मिक मान्यता अनुसार भदौ महिनाको शुक्ल पक्षको चतुर्थीका दिन भगवान गणेशले चन्द्रमालाई श्राप दिएका थिए जसका कारण यस दिन चन्द्रमा हेर्नु हुँदैन भन्ने मान्यता रहेको छ ।
भदौ महिनाको शुक्ल पक्षको चतुर्थी तिथिमा चन्द्रमा हार्नु हुँदैन भन्ने मान्यता रहेको छ । किनभने यस दिन कलंक चतुर्थी मनाइन्छ। यस पटक यो अगस्ट दिन भदौ १४ गते परेको छ। पौराणिक मान्यता अनुसार यस दिन भगवान गणेशले चन्द्रमालाई श्राप दिएका थिए जसका कारण यस दिन चन्द्रमा हेर्नु हुँदैन भन्ने मान्यता रहेको छ । । यस दिन चन्द्रमा देखेमा कलंक, मानहानि जस्ता गम्भीर दोष लाग्ने मान्यता रहेको छ ।
यस वर्ष गणेश चतुर्थी र कलंक चतुर्थी किन फरक फरक दिन परेको छ ?
शास्त्र अनुसार भगवान गणेशको जन्म भदौ महिनाको शुक्ल पक्षको चतुर्थी तिथिको मध्याह्नमा भएको थियो । त्यसैले चतुर्थीतिथी अपरान्ह परेको दिन गणेश चतुर्थी मनाउने चलन छ । पञ्चाङका अनुसार यस वर्षको चतुर्थी तिथि भदौ १४ दिउँसो ३ः३५ बजेबाट सुरु भई भदौ १५ गते दिउँसो ३ः२५ बजे समापन हुँदैछ ।
गणेश चतुर्थी भदौ १५ गते मध्याह्नसम्म रहने भएकाले १५ गतेलाई गणेशको मूर्ति स्थापनाका लागि उपयुक्त मानिन्छ । यस बाहेक १५ गतेको राती चतुर्थी मान्य नहुने भएकाले कलंक चतुर्थी पर्व भदौ १४ गते मात्रै मनाइनेछ ।