शुरु भयो सन् २०२० : कस्तो रहला नयाँ वर्षका ७ दिन ? हेर्नुहोस् साप्ताहिक राशिफल !

काठमाडौँ : नयाँ सप्ताहमा नै सन् २०२० को आगमन हुँदै छ। सन् २०२० को पहिलो सप्ताह कर्कट र धनु राशिका जातकका लागि अत्यन्तै शुभ रहने छ। सन् २०२० को पहिलो सप्ताह कुन राशिका लागि शुभ हुनेछ र कुन राशिका लागि यस नयाँ वर्षले समस्या लिएर आउनेछ त ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) – कारोबार विस्तारको सम्भावनासँगै आउँदो सप्ताह लक्ष्यसँगै अगाडी बढ्नमा सहायक हुनेछ। निवेशमा वृद्धि हुनेछ। पूर्व मामिलाहरु भटाभट निस्कन सक्छन्। महत्वपूर्ण प्रयास तीव्र हुनेछन्। पूर्वार्ध अपेक्षा गरेभन्दा राम्रो हुन्छ। भाग्य पक्षमा बल मिल्नेछ। उत्तरार्धमा स्वास्थ्यमा ध्यान विशेष ध्यान दिनुहोला। सहजता कायम रहनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) – प्रबन्धनमा बल दिने आउँदो सप्ताह व्यापारिक कार्यका लागि प्रभावकारी समय हुनेछ। आफ्नो कार्यक्षेत्रमा शक्तिशाली ठाउँ बनाउन सफल हुनेछ। महत्वपूर्ण प्रयास गर्नमा तपाईको रुचि बढ्नेछ। भेटवार्ता फलदायी हुनेछन्। महत्वपूर्ण कार्यहरु पूर्वार्धमा नै पूरा गर्नुहोला। उत्तरार्धमा खर्च र विपक्षको सक्रियता बढ्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) – ध्यान, धर्म र यात्रामा विशेष जोड दिने आउँदो सप्ताह योग्यता प्रदर्शनमा सहायक हुनेछ। अवसरलाई चिन्न सफल हुनुहुनेछ। परिक्षामा उत्कृष्ट नतिजा आउनेछ। लाभ र विस्तार प्राथमिकतामा रहनेछ। वार्ता प्रभावी हुनेछ। महत्वपूर्ण मानिससँग साक्षात्कारको सम्भव छ। सक्रियता र सटिकता बढाउनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) – सहज सुरुवातसँग आउने यो सप्ताह उत्तरोत्तर शुभवर्धक छ। लेन-देनमा सतर्कता अपनाउनुहोला। खानपिनमा ख्याल गर्नुहोला। व्यापारिक कार्यहरुमा ध्यान बढ्नेछ। धार्मिक आस्था-विश्वासमा थप बल मिल्नेछ। यात्राको योग बन्नेछ। सम्पर्क सञ्चार राम्रो हुनेछ। सबैलाई साथमै लिएर हिड्नुहुनेछ। धनलाभको पनि योग छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) – साझेदारी बढाउने यो सप्ताह सतर्कता भन्दा अघि बढ्नेछ। कानले सुनेका कुराहरुमा भरोसा नगर्नुहोला। संवाद राम्रो बनिरहनेछ। पूर्वार्धमा नीति-नियम पालनमा जोड दिनुहोला। आकस्मिकता आउँन सक्छ। उत्तरार्धमा अपेक्षा गरे भन्दा राम्रो परिणाम मिलन सक्छ। यात्राको क्रममा सावधान रहनुहोला। स्वास्थ्यको ख्याल गर्नुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) – सुख बढाउने यस सप्ताहमा निजी मामिला सन्तुलन राख्नमा जोड दिनुपर्छ। मित्र र विश्वासपत्रबाट सहयोग मिल्नेछ। पठनपाठनमा रुचि बढ्नेछ। प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्नुहुनेछ। प्रियजनहरुसँग भेट हुनेछ। महत्वपूर्ण कुराहरु शेयर गर्न हतार नगर्नुहोला। रहनसहनमा परिवर्तन आउँनसक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) – सूचना सम्पर्क र संवाद बढाउने यो सप्ताह लाभ र विस्तारमा सहायक हुन्छ। चनाखो रहनुहोला। आफन्तजनको साथ मिल्नेछ। प्रतिभा प्रदर्शनको अवसर मिल्नेछ। उत्सव आयोजनामा सरिक हुने अवसर पाउनुहुनेछ। साथीभाईहरुबाट सहयोग मिल्नेछ। सेवासुविधामा वृद्धि हुने सम्भावना छ। महत्वपूर्ण कार्य उत्तरार्धमा गर्ने सोच बनाउहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) – संग्रहमा बल दिने यो सप्ताह सतर्कतासँग अगाडी बढ्नको लागि सङ्केतक हो। आफ्ना आफन्तजनहरुबाट भरोसा पाउनुहुनेछ। सञ्चार संवाद राम्रो रहनेछ। सुख सुविधामा वृद्धि हुनेछ। तर्क बहसहरुबाट बच्नुहोला। योजनाहरु विस्तार हुनेछ। लाभमा जोड दिनुहोला। प्रतिस्पर्धामा सफलता हासिल गर्नुहुनेछ। वैदेशिक मामिलामा सुखद परिणाम आउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) – आस्था विश्वास बढाउने यो सप्ताहमा यात्रा हुन् सक्ने यो छ। भ्रमण मनोरञ्जनको अवसर मिल्नेछ। सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। सफलताको प्रतिशत राम्रो रहनेछ। कुल कुटुम्बसँग निकटता बढ्नेछ। पाहुनाको आगमन बढ्नेछ। संग्रह संरक्षणमा जोड दिनुहोला। सम्पर्क प्रभावी रहनेछ। निसंकोच अगाडी बढ्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) – सम्बन्धमा सुधार ल्याउने यो सप्ताह उत्तरोत्तर शुभकारक छ। महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ। अवरोध स्वत: दूर हुनेछन्। सफलताको प्रतिशत अचानक बढ्नेछ। प्रभावशीलतामा वृद्धि हुनेछ। आकर्षण बढ्नेछ। यात्रामा सतर्कता अपनाउनुहोला। साझेदारीमा सावधान रहनुहोला।

अर्को समाचार:

ग्रहचक्रमा शुक्रको ठूलो परिवर्तन : यी राशिलाई मिल्दै लाभ !