भोलि घरमा गर्नुहोस् यी ५ परिवर्तन, वर्षभर हुनेछ लक्ष्मीको वास

एजेन्सी ।  नयाँ वर्ष अर्थात् अंग्रेजी वर्ष २०२० भोलि देखि शुरु हुँदैछ । सबैले आफ्नो घर सफा होस्, सजिएको होस्, बलियो होस्, खुसी छाओस, परिवारमा सबैको राम्रो सम्बन्ध होस्, भविष्यमा सकारात्मक योजना बनोस, उत्साह होस् भन्ने कल्पना हामी सबैको हुन्छ ।

तर घरलाई राम्रो बनाउने प्रयासमा कतिपय मानिसहरु असफल हुने गर्दछन् । त्यसैले नयाँ वर्षमा नयाँ केहि होस् भन्ने चाहानुहुन्छ भने यस्ता रहेका छन् केहि उपायहरु:

१. भित्ता भत्किएको, प्वाल भएको , जालो, बिग्रिएको झ्यालहरुले हाम्रो मनलाई प्रतिविम्बित गर्ने गर्दछ । त्यसैले सबैभन्दा पहिले यस्ता समस्याहरुलाई मर्मत गर्न जरुरी रहेको छ । सामर्थ्यको अनुसार घरमा रङ-रोगन गराउनुहोस् । यदि बच्चाको शिक्षा, बुद्धिमानी, युवावस्थाको विकासलाई राम्रो राख्न चाहानुहुन्छ भने पूर्व दिशालाई ठिक राख्न अति आवश्यक छ ।

यस दिशामा ईन्द्रको प्रभाव रहने गर्दछ । यस दिशामा मेष र वृष राशि तथा शुक्रको प्रभाव हुने गर्दछ । बच्चाको सुत्ने कोठालाई इन्द्रको प्रवाभमा राख्न चाहनुहुन्छ भने ईन्द्रसँग जोडिएको कुरा जस्तै: हात्ती, हिरा, क्रिस्टल या सेतो रङको घोडा राख्नुहोस् ।

२. भान्सा घरको विशेष भाग हो । त्यसैले आग्नेय दिशा (पूर्व-दक्षिणको कुना) लाई सुधार्नुहोस् । यस दिशामा प्रज्वलित अग्निको तस्वीर, मंगल चिन्ह, मैनबत्ती या अग्नि तत्वको प्रतीक त्रिकोण आकृति लगाउनुहोस् ।

यस दिशामा रातो ,पहेलो र सुन्तला रङ प्रयोग गर्नुहोस् । अनिन्द्रा, छट्पटी र बीमारीबाट ग्रषित हुनुहुन्छ भने दक्षिण दिशालाई सुधार्नुहोस् । दक्षिण दिशालाई सुधार्नको लागि भित्तामा गाई या गोरुको चित्र राख्नुहोस ।

३. निन्द्राको समस्या, भूत-प्रेतको डर अथवा नराम्रो सपना आउछ भने नैऋत्य दिशा अर्थात् दक्षिण-पश्चिमको कुनालाई मर्मत गर्नुहोस् । यो शनि ग्रह तथा भूमि तत्वसँग जोडिएको स्थान हो । यसमा भान्सा या मुख्यद्वार नबनाउनुहोस् ।

यस स्थानलाई शुभ बनाउनको लागि बैंगनी रङको ठुलो बिरालो या सिंहको तस्वीर राख्नुहोस । शुक्र शयनकक्षसँग जोडिएको ग्रह हो, त्यसैले यसमा गुलाबी र हल्का हरियो रङको प्रयोग गर्नुहोस् ।

४. टाढाको सम्बन्ध सुधारको लागि वायव्य कोण (उत्तर-पश्चिम) लाई ठिक गर्नुहोस् । चन्द्रमा यस स्थानको कारक मानिन्छ । यहाँ कुनै पनि चिज स्थिर रहने गर्दैन । त्यसैले यसमा बाथरूम या गेस्ट रूम बनाउनुहोस् ।

र यहाँ अर्धचन्द्राकार चन्द्रको फोटो राख्नुहोस् । लाभदायी वार्तालापको लागि यस दिशामा टेलीफोन र मोबाइल राख्नुहोस् । हल्का सिल्वर अर्थात् चाँदी रङ यस स्थानमा निकै राम्रो हुनेछ ।

५. स्वास्थ्य ठिक नहुने र धनको समस्या हुने गर्दछ भने उत्तर दिशामा ध्यान दिने गर्नुहोस् । यस स्थानमा कुबेर तथा बृहस्पतिको प्रभाव रहने गर्दछ । यहाँ स्टोर, लाइब्रेरी,अफिस र अमुल्य सामान राख्नको लागि उत्तम स्थान हो ।

यहाँ आफ्नो पुर्खाहरूको तस्वीर नराख्नुहोस् । बृहस्पतिलाई खुशी राख्नको लागि पहेलो रङको प्रयोग गर्नुहोस् ।

अर्को समाचार:

शुरु भयो सन् २०२० : कस्तो रहला नयाँ वर्षका ७ दिन ? हेर्नुहोस् साप्ताहिक राशिफल !