साढेसातको दशाबाट यो एक राशिलाई मुक्ति मिल्दै, खुल्ने भयो भाग्यको ढोका !

यहि जनवरी २४ मा वृश्चिक राशिबाट शनिको साढ़ेसातको दशा समाप्त हुनेछ।  बिगत सात बर्ष देखि वृश्चिक राशिका व्यक्तिहरु शनिको प्रभावमा थिए।  यस अवधि भरि, यस राशिका व्यक्तिहरुले शनिको प्रभावका कारण धेरै समस्याहरूको सामना गरिरहेका थिए।

यस बीच, यस राशिका व्यक्तिले कैयौं राम्रा नतिजाहरु पनि प्राप्त गरे तर धेरै जसोले शनिको साढ़ेसातको प्रभावका कारण अवरोधहरुको सामना गर्नु परेको थियो ।

सबै कार्यहरु हुनेछन् पूर्ण 

२४ जनवरीदेखि, वृश्चिक राशिका व्यक्तिहरुले आनन्द महसुस गर्नेछन् । यदि यस बर्ष ब्यापारको लागि कुनै नयाँ काम गर्ने सोचमा हुनुहुन्छ भने, यो समय तपाईको कामका लागी निकै नै शुभ रहनेछ। यससँगै आर्थिक स्थितिमा पनि सुधार आउनेछ।

यो वर्ष तपाईको काममा कुनै बाधा अड्चन आउने छैन। आफन्त तथा साथीको सहयोगमा तपाईको रोकेका काम पूर्ण सुरु हुने देखिन्छ। तर, साथीभाईसँग मिलेर नयाँ काम भने सुरु नगर्नुहोला।

सबै आफ्नो नियन्त्रणमा हुनेछ 

वर्षको बीचमा केहि कुराका कारण आफ्नो आमासंग मनमुटाव हुन सक्ला। तर केहि समयमै यो कुरा सुल्झिने छ। यदि तपाईले आफ्नो शिक्षा त्याग्नु भएको वा फेरी पढाई सुरु गर्ने योजना गर्दै हुनुहुन्छ भने यसमा पनि सफलताको सम्भावना रहेको छ। तर अल्छिपना त्यागेर कडा परिश्रम गरे मात्रै सफलता प्राप्त हुने देखिन्छ।

अर्को समाचार:

सन् २०२०मा यी राशि माथि वृहस्पतिको दृष्टि, जानुहोस् कुन राशिलाई कस्तो प्रभाव ?