सन् २०२०मा यी राशि माथि वृहस्पतिको दृष्टि, जानुहोस् कुन राशिलाई कस्तो प्रभाव ?

बृहस्पतिलाई शुभ ग्रह मानिन्छ।  ज्ञान, धर्म र अध्यात्मको कारक पनि मानिन्छ। कुण्डलीमा शुभ स्थान पाउने व्यक्ति विद्वान् र आत्मिक विचारधाराको हुन्छ।  धनु र मीन राशिका स्वामी बृहस्पति हुन् र उनी गोचरका समय अनुसार एक राशिबाट अर्को राशिमा प्रवेश गरी रहन्छ।

देव गुरु बृहस्पति ३० मार्च २०२० मा आफ्नो राशि परिवर्तन गर्नेछन्। बृहस्पति केहि क्षणका लागि धनु राशि प्रवेश गर्ने छन्। त्यसै गरी ३० जूनमा वक्री भएर धनु राशिमै फर्कने छन्। २०२० मा, बृहस्पतिले सबै १२ राशिमा प्रभाव पार्नेछन्।

बृहस्पतिले राशि परिवर्तन गर्दा कुन राशिमा कुन प्रभाव देखिने छ। हेर्नुहोस्

मेष राशि 

२०२० मा बृहस्पतिको गोचरले मेष राशिमा सकारात्मक प्रभाव पार्नेछ। जसको आधारमा उनीहरूले धर्म र अध्यात्मको क्षेत्रमा सफलता पाउनेछन्।  नयाँ वर्षमा तीर्थयात्राका लागि राम्रो योग हुने देखिन्छ। यस बाहेक, कामले सबैको मन जित्न सफल हुने र सबैले प्रसंशा गर्ने देखिन्छ।

वृष राशि

स्वास्थ्यको दृष्टिकोणबाट वृष राशिका लागि राम्रो हुने देखिदैन। यस वर्ष  स्वास्थ्यमा अलि समस्या हुने देखिन्छ। पारिवारिक समस्याले सताउने देखिन्छ। कामको क्षेत्रमा अलि सतर्क हुनुपर्नेछ। क्षति हुने योग देखिन्छ।

मिथुन राशि

बृहस्पतिको प्रभावले यो राशिलाई शुभ रहनेछ।  जीवनमा खुशी छाउनेछ। विवाहित जीवन रमाइलो हुने र व्यापारमा पनि शुभ परिणाम आउने देखिन्छ। अनुसन्धान कार्यमा संलग्न हुनेहरुको निश्चित रूपमा सफलता प्राप्त गर्ने देखिन्छ। तर सवारी साधन चलाउँदा भने केहि सावधानी अपनाउनुहोला।

कर्कट राशि

२०२० मा बृहस्पतिको गोचरले एकदम रमाइलो समय रहनेछ। वैवाहिक जीवनमा सुधार आउनेछ।  स्वास्थ्य समस्याहरुबाट छुटकारा पाइने देखिन्छ। शत्रुहरूबाट भने टाढा रहनु होला अन्यथा नोक्सान हुने योग देखिन्छ।

सिंह राशि

गोचरको प्रभावले शरीरसँग सम्बन्धित रोगहरू निम्त्याउन सक्ला। यस वर्ष स्वास्थ्यको पूर्ण रुपमा ध्यान राख्नुहोला।  शिक्षाको क्षेत्रमा सफलता पाउने योग रहेको छ । उच्च शिक्षा प्राप्त गर्न कडा परिश्रम गर्नुपर्ला तर नतिजा राम्रो पाउनुहुने देखिन्छ।

कन्या राशि

बृहस्पतिको गोचरका कारण परिवारको स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा सुख र शान्ति रहने र विवाहित जीवन सुखमय हुने देखिन्छ। उच्च शिक्षामा सफलता पाउनुका साथै लाभदायक हुने देखिन्छ। यस वर्ष नयाँ सम्पत्ति खरीदका लागि शुभ रहनेछ।

तुला राशि

तुला राशिका लागि समय अनुकूल रहनेछ। काममा सफलता पाउनुका साथै र खुशी बढ्नेछ। नयाँ वर्षमा अनावश्यक यात्रा गर्नु पर्ने योग देखिन्छ। भाइबहिनीहरुसँग बहस वा मनमुटाव हुन सक्ला। तर बर्षको पहिलो महिना देखि परिस्थिति  अनुकूल रहने देखिन्छ।

वृश्चिक राशि

यो वर्ष धेरै राम्रो रहनेछ। यस वर्ष पर्याप्त धनलाभ हुने योग रहेको छ। आत्मविश्वास बढ्नेछ। तर रिसको कारण समस्या उत्पन्न हुने योग हुदा रिसलाई नियन्त्रण गर्नुभयो भने, समय उपयुक्त हुने देखिन्छ।

धनु राशि 

आर्थिक अवस्था नयाँ वर्षमा सुधार हुने देखिन्छ। कार्यहरू बढ्नुका साथै स्वास्थ्य पनि सुधार हुनेछ। धन जति छिटो आउँछ, खर्च त्यतिनै चाँडो हुने देखिन्छ। त्यसैले खर्च गर्दा सोच बिचार गर्नु पर्ने देखिन्छ।

मकर राशि 

नयाँ वर्षमा मकर राशिका लागि विभिन्न खुशीको स्रोत खुल्ने देखिन्छ। धन लाभको योग रहेको छ।  तर खर्चमा कमि ल्याउनु पर्ने देखिन्छ।  बृहस्पतिको प्रभावका कारण स्वास्थ्य र स्वभावमा सकरात्मक परिवर्तनका कारण लाभदायक रहने देखिन्छ।

कुम्भ राशि 

स्वास्थ्यमा सुधार हुने देखिन्छ। बचत गर्ने भावना उत्पन्न हुने देखिन्छ। परिवारसँग प्रेम बढ्नुका साथै आवश्यक परेमा परिवारको सहयोग पाइने देखिन्छ। यात्राका लागि यो वर्ष निकै नै शुभ प्रमाणित हुने देखिन्छ।

मीन राशि 

काममा सफलता पाउने देखिन्छ। शिक्षा सम्बन्धिका काममा निकै सफलता पाइने देखिन्छ। काममा बढुवा भएसंगै मन प्रशन्न रहने योग रहेको छ। पारिवारिक सम्बन्धमा सुधार आउने देखिन्छ।

अर्को समाचार:

मीन राशि हुनेहरुको लागि कस्तो रहला सन् २०२० ? हेर्नुहोस् वार्षिक राशिफल !