मीन राशि हुनेहरुको लागि कस्तो रहला सन् २०२० ? हेर्नुहोस् वार्षिक राशिफल !

सन् २०२०मा नयाँ कामको सुरुवात हुने देखिन्छ । परिश्रम र प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुने र  मनग्गे फाइदा उठाउन सफल भइने देखिन्छ।

पारिवारिक जीवनमा भइरहेको समस्याहरू समाधान हुनका साथै साहस र बहादुरी बढ्ने देखिन्छ। परिवारको सहयोगले  निकै नै गाह्रो काम पनि सजीलै गरिने देखिन्छ। प्रत्येक काममा राम्रो योगदान दिए सकारात्मक उपलब्धिहरू प्राप्त गर्न सकिनेछ।

यस वर्ष, आफ्नो धनको अधिक ध्यान दिनु पर्ने देखिन्छ। आवश्यकता अनुसार यात्रा गर्ने र विशेष रूपमा व्यापार अथवा कामको सिलसिलामा यात्रा गर्दा लाभदायक साबित हुने देखिन्छ। जागिर गर्ने व्यतिको स्थानान्तरण हुने सम्भावना देखिन्छ। सेप्टेम्बरको मध्य पछि आफ्नो परिवारका सदस्यहरूसँग कुनै पनि धार्मिक तीर्थयात्रा वा पर्यटन स्थलहरूमा भ्रमण गर्नका लागि शुभ रहनेछ।

काममा प्रगति पाउनुका साथै कामका कारण इज्जत पनि बढ्नेछ। राजनीतिको क्षेत्रमा पनि राम्रो सफलता प्राप्त हुने देखिनुका साथै पदोन्नतिको राम्रो सम्भावना देखिन्छ।

परिवारका ठुला र समाजका सम्मानित व्यक्तिहरूबाट सम्मान पाउने र तिनीहरूको संरक्षणमा तपाईंले धेरै राम्रो कामहरू गर्नुहुने देखिन्छ। जसको कारण तपाईको आदर र सम्मान बढ्नुका साथै प्रगति पनि गर्नुहुने देखिन्छ।

कामको व्यस्तताको कारण आफ्नो लागि समय निकाल्न गाह्रो हुन सक्ला । शरीरलाई आराम प्रदान गर्न केहि समय आफ्नो लागि छुट्याउनु पर्ला। यस वर्ष, लामो समयदेखिको अधुरो चाहनाहरु पूरा हुन सक्ला।

अर्को समाचार:

भोलि घरमा गर्नुहोस् यी ५ परिवर्तन, वर्षभर हुनेछ लक्ष्मीको वास