वृश्चिक राशि हुनेहरुका लागि कस्तो रहला सन् २०२० ? हेर्नुहोस् वार्षिक राशिफल !

वृश्चिक राशिका व्यक्तिहरुको यस वर्ष धेरै अपूर्ण काम सम्पन्न हुनेछन् भने केहि नयाँ कार्यको शुभारम्भ पनि हुने देखिन्छ। लामो समयदेखि नसुल्झिएका समस्याहरूबाट छुटकारा मिल्नेछ।

दुखबाट मुक्ति पाउनुका साथै सुखका दिन सुरु हुनेछन्। नयाँ वर्षको सुरुवातसँगै जनवरीमा शनिदेव तपाईंको तेस्रो स्थानमा प्रवेश गर्नेछन्।
अर्कोतर्फ, बृहस्पति मार्चमा तेस्रो स्थानमा प्रवेश गर्नेछन् भने  जून महिनामा पुन: दोस्रो स्थानमा  फेर्केर आउनेछन्।

यो वर्ष धेरै प्रकारको यात्राहरूको संयोग रहेका हुँदा यात्रामा व्यस्त रहनु हुने देखिन्छ। यात्रा शुभ र कल्याणकारी रहने देखिन्छ। तीर्थयात्राका लागि पनि शुभ साइत परेको छ। परिवारका सदस्यहरूसँग पनि रमाइलो यात्राको संयोग मिल्न सक्ला।

जीवन एक नयाँ मोडमा प्रवेश गर्ने गर्दा मन लागेका काम गर्न स्वतन्त्रता महसुस हुनेछ।  पराक्रम बढेर जाँदा सम्पूर्ण कार्य सफल रहनेछन्।  कामबाट सबै प्रशन्न हुनुका साथै सबैबाट प्रसंशा पनि मिल्ने देखिन्छ।

वर्षको बीचमा व्यापार व्यवसायका लागि राम्रो योग परेको हुदा व्यवसाय बढ्ने देखिन्छ। व्यापारिकमा लागि बैदेशिक यात्रा हुन सक्ला। जागिर गर्नेहरुका लागि अचानक स्थानान्तरणको तिब्र सम्भावना रहेको हुदा मन बिचलित हुने देखिन्छ।

वृश्चिक राशिका लागि यो वर्ष निकै शुभ छ। आफन्तजनबाट राम्रो सहयोग प्राप्त होला। साथीभाईसँग राम्रो सम्बन्ध स्थापित हुने देखिन्छ। तपाईले गर्नुभएको हरेक प्रयास उपयोगी साबित हुनेछन्।

अर्को समाचार:

सन् २०२० कुम्भ राशि हुनेहरुका लागि कतिको शुभ ? हेर्नुहोस् वार्षिक राशिफल !