काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण हुने चर्चा भैरहेका बेला एक कैदीले मृगौला दान गर्ने घोषणा गरेका छन् । कालीकोट कारागारमा रहेका एक कैदीले प्रधानमन्त्री ओलीलाई आफ्नो मृगौला दान गर्ने घोषणा गरेका हुन्।
ओलीलाई आफ्नो मृगौला दान गर्ने घोषणा कालीकोटको महावै गाउँपालिका निवासी हेमन्त भनिने बलबहादुर शाहीले गरेका हुन्। ओली देशको कुशल नेता रहेको हुँदा आफू मृगौला दान गर्न तयार रहेको उनको भनाई छ।

भारतले ९ महिना सम्म नाकावन्दी गर्दा देशलाई हालतमा कम्जोर हुन नदिने ओली निडर व्यक्ति रहेको र ओली जस्तो नेता देशलाई चाहिने हुँदा मृगौला दान गर्ने निर्णय गरेको उनी बताउँछन्। नेपाल र नेपालीले ओलीको अभाव महसुस नगरुन् भनेर मृर्गौला दान गर्ने निर्णयमा आफू पुगेको उनले स्पष्टोक्ति छ।
आफूले १५ दिन अगाडि नै पत्र पठाएको भएपनि जेलर नभएको कारण समयमा पत्रलाई प्रशासन कार्यालय नपुगेको प्रति दुख व्यक्त गरे। यधपी उनले मृगौला दान गर्न चाहेको पत्र जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय पठाइसकिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए।
पौडेलका अनुसार गृहमन्त्रालय मार्फत बलबहादुरको पत्र प्रधानमन्त्री कार्यालय पठाईसकिएको छ।