आयशा शाक्यलाई अर्को सफलता : सञ्जिवसँग मिलेर जितिन् अर्को स्वर्ण !

काठमाडौं – एकल तेक्वान्दो पुम्सेमा स्वर्ण पदक जितेकी आयशा शाक्यले पुम्से जोडीमा पनि स्वर्ण पदक जितेकी छिन् । यससँगै नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एक दर्जन स्वर्ण जितेको छ ।

आयशाले सञ्जिवकुमार ओझासँगको जोडीमा २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । आयशा र सञ्जिवको जोडीले ८.१६० स्कोर गरेका थिए । तेक्वान्दोकी सफल खेलाडी आयशा शाक्यले २९ वर्ष माथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् ।

आशयाले ७.९४० स्कोरका साथ जितेकी हुन् । उनले सन् २०११ को सागकी स्वर्ण पदक विजेता आयशाले यसपटक पुम्सेमा प्रतिनिधित्व गरेकी थिइन् । त्यसअघि उनले २००६ को दसौं साग र २०१६ को १२ औं सागमा पनि कास्य पदक जितेकी थिइन् । उनले २००६ को एसियाली खेलकुदमा पनि कास्य पदक जितेकी थिइन् ।

१३ औं सागका स्वर्ण पदक विजेता

स्वर्ण पदक

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

कराते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराते (५५ केजी) – लक्ष्मण तामाङ

कराते(८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ

कराते (४५ केजी मुनी)- कुसुम खड्का

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे

ट्रायथलन – सोनी गुरुङ

रजत पदक

कराते (एकल काता) – चन्चला दनुवार

तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

कास्य पदक
तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

अर्को समाचार:

महिला टिम पुम्सेमा अर्को स्वर्ण, कुल स्वर्ण १५ पुग्यो !