२ छोराकी आमा आयशाले जितिन् स्वर्ण

काठमाडौं – नेपालले तेक्वान्दोको पुम्सेमा चौथो स्वर्ण पदक जितेको छ । सफल खेलाडी आयशा शाक्यले २९ वर्ष माथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । आशयाले ७.९४० स्कोरका साथ जितेकी हुन् ।

उनले सन् २०११ को सागकी स्वर्ण पदक विजेता आयशाले यसपटक पुम्सेमा प्रतिनिधित्व गरेकी थिइन् । उनले २००६ को एसियाली खेलकुदमा पनि कास्य पदक जितेकी थिइन् ।

कीर्तिमानी तेक्वान्दो दीपक विष्ट आयशाका श्रीमान् हुन् । उनीहरुका दुई छोरा छन् ।

पुम्सेमा यसअघि नेपालका लागि पार्वती गुरुङ, , कमल श्रेष्ठ, सिना मादेन लिम्बुले स्वर्ण पदक जितेका थिए । त्यस्तै कृष्णबहादुर तामाङले रजत पदक जितेका थिए ।

अर्को समाचार:

आयशा शाक्यलाई अर्को सफलता : सञ्जिवसँग मिलेर जितिन् अर्को स्वर्ण !