कास्की-२ मा नेकपाकी विद्याको जित पक्का …

काठमाडौँ : कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा तीनवटा वडा बाँकि रहँदा नेकपाकी विद्या भट्टराईको जित सुनिश्चित भएको छ ।

पछिल्लो मतगणनाअनुसार नेपाल कम्नियुष्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले आठ हजार ५३६ मतले अग्रता गरिरहेको अवस्थामा गन्न बाँकि मत जम्मा आठ हजार ४३१ रहेकाले जित पक्का भएको हो ।

२१ जना उमेदवारले प्रतिस्पर्धा गरेको सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले भट्टराई पछ्याईरहेका छन् । कास्की-२ मा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५६३ मत खसेको थियो ।

गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा रविन्द्र अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा मङ्सिर १४ गते उपनिर्वाचन भएको हो ।

तेह्रथुमकाे आठराई चुहानडाँडामा एयरपाेर्टको सम्भाव्यता अध्ययनका लागि स्थलगत भ्रमण गरी फर्किएका अधिकारीको  हेलिकोप्टर दुर्घटना  ज्यान गएपछि प्रतिनिधिसभा सदस्यको पद रिक्त छ ।

अर्को समाचार:

५२ मध्ये ४३ स्थानको नतिजा सार्वजनिक !