एमसीसीको बलियो प्रदर्शन, नेपाललाई विशाल लक्ष्य !

काठमाडौं – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालको मिश्रीत टोलीलाई टि ट्वान्टी खेलमा १ सय ९० रनको लक्ष्य दिएको छ ।

टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एमसीसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । एमसीसीका लागि बिली गोडलम्यानले ३० बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए ।

उनलाई राशिद खानले १२ ओभरको तेस्रो बलमा लङअफमा भिम सार्कीबाट उत्कृष्ट क्याच गराउँदै पेभिलिएन फर्काए । त्यस्तै एड योङले ४२ रनमा क्याच आउट भए ।

उनलाई अभिनास बोहोराले अन्तिम ओभरको पाँचौ बलमा भिम सार्कीबाट क्याच आउट गराए । कमलसिंह ऐरीले तेस्रो ओभरको पाँचौ ओभरमा ओपनर माइल्स हमान्डलाई ३३ रनमा आउट गरे । उनले १३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । राशिद खानले पाँचौ ओभरको चौथो बलमा टम वेस्ट्लीलाई ८ बलमा ३ चौका सहित १३ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराए ।

राशिद खानले सातौं ओभरको दोस्रो बलमा कप्तान जिमी एडम्सलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच आउट गराए । जितेन्द्र मुखियाले आठौं ओभरको पाँचौ बलमा भिम सार्कीबाट विल रोड्सलाई १ रनमा क्याच आउट गराए ।

सुसन भारीले १५ ओभरको पहिलो बलमा कुशलबाट विल भानडसपारलाई ४ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए ।
राशिद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । कमल सिंह ऐरीले ४ ओभरमा ४८ रन १ विकेट । जितेन्द्र सिंह मुखियाले ४ ओभरमा ५५ रन १ विकेट लिए । सुसन भारीले ४ ओभर १५ रन १ विकेट लिए । अभिनास बोहोराको नाममा १ विकेट रह्यो ।

अर्को समाचार:

सुरुवात देखीनै नेपालको खराब प्रर्दशन, लज्जास्पद हार !