हामी यस्तै त हो नि ब्रो: “ब्रो”हरुका अनेक जुक्ति, हाँसो नरोकिन सक्छ ! [तस्विर सहित]

“हामी यस्तै त हो नि ब्रो
जहिले यस्तै त हो नि हो…

नेपाली र्‍यापर भिटेन(समीर घिसिङ)को यो गीत केहि समय अगाडी चर्चा र विवादमा रह्यो। गीतमा भएका शब्दहरु कारण प्रहरीले उनलाई पक्राउ गरेको थियो।

भिटेन पक्राउ विषयमा “हामी यस्तै त हो नि ब्रो” गीत पनि जोडिएपछि यो गीतले अझ बढी “एक्सपोजर” पायो। पहिला नै चर्चित भैसकेको यो गीत भिटेनलाई प्रहरीले पक्राउ गरेपछि अझ बढी चर्चित हुन पुग्यो। र्‍याप गीतका पारखी बाहेक अन्यले पनि यो गीत सुने।(भिटेनले गीत आफ्नो अफिसियल च्यानलबाट हटाएता पनि युट्युबमा अन्यले भने यो गीत अपलोड गरेका छन्)

भिटेनको गीतबाट नै प्रभावित भएर अहिले “हामी यस्तै त हो नि ब्रो”लाई स्ल्याङको रुपमा युवायुवतीहरु प्रयोग गर्छन्। यसलाई स्ल्याङको रुपमा प्रयोग गर्ने जमात युवायुवतीमा मात्र सिमित छैन। सामाजिक संजालमा यो स्ल्याङलाई धेरैले प्रयोग गरिरहेका छन्। ट्रोल र मिमहरु शेयर गर्दा पनि यहि स्ल्याङ प्रयोग भएको सामाजिक संजालमा देख्न पाइन्छ।

यहि स्ल्याङलाई नै सुहाउने केहि रमाइला तस्विरहरु यहाँ समावेश गरेका छौँ।

लोडशेडिंग भयो ? सोलार छ नी ब्रो !

यो भन्दा राम्रो ताल्चा कतै भेटिएला ?

ब्रो सिक्नुस्, काम लाग्न सक्छ !

जहाँ इच्छा त्यहाँ उपाय !

पखाला लागेपनि यात्रा गर्न छैन डर ! साइकल किन्ने हो ब्रो ?

स्कुल साइकल ! स्कुल बस भाडा बचेन त ब्रो ?

बोतलले काम चल्छ त मोटरसाइकललाई ट्यांकीको भार किन “ब्रो” ?

फ्यान त फ्यान नै नी ब्रो !

जाडो महिना शुरु भैसक्यो, सिक्नुस् ब्रो !

रिमोट हरायो ? नेपाली रिमोट छ नी ब्रो !

हामी यस्तै त हो नी ब्रो !

(यो सामग्री मात्रै मनोरन्जनको लागि तयार पारिएको हो)

अर्को समाचार:

सभामुखमा उपसभामुख तुम्बाहाम्फेको दावी – ‘सभामुख हुन सक्षम छु’