आइतबार ८ जिल्लामा सार्वजनिक बिदा ! [सूचना सहित]

काठमाडौँ – प्रदेश २ सरकारले कात्तिक २४ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ। पैगम्बर मोहम्मदको जन्म दिनको अवसर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने भएको हो।

मुस्लिम समुदायको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर सार्वजनिक बिदा दिन लागिएको बारे प्रदेशको आन्तरिका मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ।

मन्त्रालयका प्रबक्ता दिनेश साहले जारी गरेको विज्ञप्तिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले गरेको निर्णय अनुसार सरकारी, अर्धसरकारी तथा निकायहरुमा सार्वजनिक बिदा हुने उल्लेख गरिएको छ।

“उपरोक्त विषयमा प्रदेश नं. २, अन्तरगत मुस्लीम समुदायको घना बसोवास भएको हुँदा पैगम्वर महमदको जन्म दिन मनाउनको लागि मिति २०७६।७।२४ गते प्रदेश नं. २ भरी सार्वजनिक विदा दिने प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयका माननीय मन्त्री ज्यूवाट निर्णय भएको हुँदा सोही अनुसार मिति २०७६।७।२४ गते आइतवारका दिन सरकारी, अर्धसरकारी तथा निकायहरुमा सार्वजनिक विदा दिने गरी यो सूचना जारी गरीएको छ ।”,विज्ञप्तिमा भनिएको छ।

अर्को समाचार:

कालापानीबारे सिधै प्रधानमन्त्रीसँग छलफल हुने !