लुडोगोरेट्सको पोष्टमा इस्पान्योलको आधादर्जन गोल !

एजेन्सी – स्पेनिस क्लब इस्पान्योलले युरोपा लिगमा बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडमाथि गोलको वर्षा गरेको छ । घरेलु मैदानमा इस्पान्योलले लुडोगोरेट्समाथि ६–० को शानदार जित हात पारेको हो ।

१० खेलाडीमा समेटिएको लुडोगोरेट्सविरुद्ध इस्पान्योलको आर्धादजर्न गोलमा ६ खेलाडीले गोल गरे । ओस्कार मेलेन्दो, लुइस लोपेज, माटियस भर्गास, भिक्टर, एडरिया पेडरोसा र फकुन्डो फेरेराले गोल गरे । दुवै हाफमा समान ३–३ गोल सम्भव भएको थियो । खेलको चौथो मिनेटमा ओस्कार मेलन्दोले गोलको खाता खोलेका थिए । त्यसपछि १२औं मिनेटमा राफयल फोर्सटर सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि इस्पान्योलले त्यसको फाइदा उठाउदै थप ५ गोल गर्न सकफल भएको थियो ।

फराकिलो जितसँगै इस्पान्योलले समूह समूह ‘एच’ मा ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित लुडोगोरेट्स समान खेलबाटै ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा हंगेरियन क्लब फेरेन्कभारोस र रसियन क्लब सिएसकेए मस्कोले गोलरहित बराबरी खेल्दै अंक बाँडे । मस्कोले छनोटमा पहिलो अंक जोडेको हो । फेरेन्कभारोसको ५ अंक छ ।

अर्को समाचार:

मालनको शतकमा इंग्ल्यान्डको न्युजिल्यान्डलाई विशाल लक्ष्य, बन्यो कीर्तिमान !