नेपाली भूभाग अतिक्रमण नगरेको भारतको दावी, यस्तो छ भारतको धारणा ! [भिडियो सहित]

काठमाडौँ – भारतको नयाँ नक्सामा नेपाली भूभाग आफ्नोतर्फ देखाएको भन्दै सर्वत्र विरोध भैरहेका बेला भारतको विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले नयाँ नक्शामा परिवर्तन नगरिएको बताएका छन्।

नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमा समेटिएको विषयलाई इन्कार गर्दै उनले नयाँ नक्शामा कुनैपनि पूनरावलोकन नगरिएको दावी गरेका छन्।

नयाँ नक्सामा भारतको मात्र जमिन समावेश गरिएको उनले दावी गरेका छन्। “नयाँ नक्शामा भारतको सार्वभौम भूमिलाई मात्रै समावेश गरिएको छ।”,विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने। कुनै पनि नेपाली भूमि नमिचेको भारतले नमिचेको पत्रकारहरु सामू उनले बताए ।

नयाँ नक्सामा नेपाली भूभाग आफ्नोतर्फ देखाएको विषयलाई पूर्णरुपले अस्विकार गर्दै उनले नयाँ नक्शामा नेपालसँगको सिमारेखामा कुनै पूनरावलोकन नगरिएको दावी गरे। नेपालसँग सिमानामा कुनै हेरफेर बिना नयाँ नक्सा तयार पारिएको उनले स्पष्ट पारे।

अर्को समाचार:

अब काठमाडौँमा कुनै पनि नयाँ विद्यालय खोल्न नपाइने !