नेपाली भूभाग मिचेको विरोधमा विप्लव नेकपाले मोदीको पुत्ला जलाउने … [विज्ञप्ति]

काठमाडौँ : भारतको नयाँ नक्सामा नेपाली भूभाग आफ्नोतर्फ देखाएको विरोधमा नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टीले संघर्षको कार्यक्रम घोषणा गरेको छ  ।

नेकपाका महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गरि भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारततर्फ देखाएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेसम्मका कार्यक्रम घोषणा गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो भारतको साम्राज्यवादी, अतिक्रमणकारी रवैया नेपालमाथिको हमला हो । नेपालको स्वाधिनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप हो । यो भारतको अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण पनि हो । हाम्रो पार्टी भारतीय साम्राज्यवादी अतिक्रमणको आपत्ति, विरोध र भत्र्सना गर्दछ ।’

महासचिव विप्लवले भारतले तत्काल उक्त साम्राज्यवादी नक्सा खारेज गर्न चेतावनीसमेत दिएका छन् । ‘अन्यथा पार्टीले राष्ट्रिय स्वाधिनताको आन्दोलन सञ्चालन गर्ने चेतावनी दिन चाहन्छ’ विज्ञप्तिमा छ, ‘यो मुक्ति स्वाधिनताको संघर्षमा सम्पूर्ण पार्टी, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील र सबै क्षेत्रका जनतासँग एकजुट भएर उठ्न अपिल गर्दछ ।’

विज्ञप्तिको पूर्णपाठ…

अर्को समाचार:

ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक सधैँका लागि निदाए !