पूर्वसभामुख महरा कारागार चलान …

फाइल तस्बिर

काठमाडौँ :  यौन दु’र्व्यवहारको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

संसद् सचिवालयकी कर्मचारीमाथि यौ’न दुव्र्यवहार गरेको आरोप लागेका पूर्वसभामुख महरा गत असोज १९ गते आइतबार पक्राउ परेकोमा सोमबार जिल्ला अदालत काठमाडौंले थुनछेक बहस सकिएसँगै दिएको आदेश अनुसार डिल्लीबजार कारागार चलान गरिएको हो ।

महरामाथि संसद सचिवालयमा कार्यरत रोशनी शाही नामकी महिलालाई डेरामै पुगेर जबरजस्ती गरेको आरोप लागेपछि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले दिएको सुझावका आधारमा महरामाथि लागेको आरोपमा थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पटक-पटक म्याद थप गरेकोमा सोमबार थुनछेक बहस सकिएसंगै सो आदेश जारी गरेको हो ।

महराको पक्षमा वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले अन्तिम बहस गरेसँगै थुनछेकको आदेश सुनाउदै अदालतले  निर्णय  सुनाएको थियो ।

महराले महिलालाई डेरामै पुगेर ज’बरजस्ती गरेको आरोप लागेपछि सभामुखको पदबाट राजिनामा दिएका थिए । अब मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महराले जेलमा नै बस्नुपर्ने बाध्यता भएको छ।

अर्को समाचार:

माधव नेपालले पार्टीमा ‘नोट अफ डिसेन्ट’ लेख्नु स्वभाविक छ : प्रचण्ड