महराको प्रेसर बढ्यो, सास फेर्न गार्‍हो भयो, हिरासतमै अक्सिजन दिइयो !

काठमाडौँ – आइतबार पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखा परेको छ।

महराको श्वास-प्रश्वासमा समस्या देखिएको हो। प्रहरी श्रोतका अनुसार महरामा उच्च रक्तचापको समस्या समेत देखिएको छ। पक्राउ परेपश्चात महरालाई सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा राखिएको छ।

हिरासत कक्षमा रहंदा महरालाई अक्सिजन दिएर राखिएको छ। संसद् सचिवालयकी कर्मचारीमाथि यौ’न दुव्र्यवहार गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा आइतबार पक्राउ परेका थिए ।

एक अनलाइनसँगको अन्तर्वार्तामा ती महिलाले यही असोज १२ गते राति आफूलाई महराले यौ’न दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । सोही घटनाका कारण महराले सभामुखबाट राजीनामा दिएका थिए ।

त्यसको दोस्रो दिन अर्काे अनलाइनसँगको भिडियो अन्तर्वार्तामा उनले बुबा समानको मान्छेले त्यस्तो गर्नै नसक्ने र आफूले डिप्रेसनमा परेर रिसको झोँकमा आरोप लगाएको बताएकी थिइन् । सोही विषयलाई पुष्टिसहित महिलाले प्रहरीमा निवेदन दिँदै महराले आफूलाई दुव्र्यवहार नगरेको जनाएकी थिइन् ।

असोज १६ गते शुक्रबार पुनः यौन दुव्र्यवहारको आरोप लगाउँदै उनले प्रहरीमा दिएको जाहेरीका आधारमा आइतबार महरालाई पक्राउ गरिएको थियो ।

अर्को समाचार:

चिनियाँ राष्ट्रपतिको भ्रमण राजकीय हुने !