बार्सिलोना फराकिलो जितमा मेस्सी सहित यी ४ खेलाडीले गोल गरे

एजेन्सी – लियोनल मेस्सीले सिजनको पहिलो गोल गरेको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४–० ले हराएको छ । नौ खेलाडीमा खेलको अन्त्य गरेको बार्सिलोनाको लागि लुइस स्वारेज, अर्टुरो भिडाल, ओसमाने डेम्बेले र मेस्सीले गोल गरेका थिए । जितपछि बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरीलाई घटाएको छ ।

८ खेलपछि रियलको १८ अंक छ भने बार्सिलोनाको १६ अंक पुगेको छ । २७ औं मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनले अग्रता लिएको थियो । भिडालले ३२ औं मिनेटमा गोल गरे । डेम्बेलेले ३५ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ३-० को अग्रता बनाएको थियो ।

मेस्सीले खेल सकिन १२ मिनेट अघि फ्रिकिकमा गोल गरेका थिए । बार्सिलोनाका रोनाल्ड अरौजुले ८७ औं मिनेटमा रातो कार्डको सामना गरेका थिए । सोही समयमा डेम्बेले दोहोरो पेहेलो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना ९ खेलाडीमा सिमित भएको थियो ।

ला लिगाका अन्य खेल

-ओसासुना २–१ भिल्लारियल

-मालोर्का २–० आरसिटी इस्पानुयल

-सेल्टा भिगो १ –० एथलेटिक बिलबाओ

–रियल भालाडोलिड ० –० एटलेटिको म्याड्रिड

–रियल सोसिडाड १–२ गेटाफे

अर्को समाचार:

पहिलो हाफमा २-० ले पछाडि परेपनि अर्जेन्टिनाले उत्कृष्ठ पुनरागमन गर्यो !