नेकपाको आफ्नै ‘सिद्धान्त र विचार’ छ , ‘सी पथ’मा जान आवश्यक छैन : प्रधानमन्त्री

फाइल तस्बिर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाले सी पथ अनुशरण गर्यो भन्दै विश्लेष्ण गर्नु गलत हुने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले नेकपाको आफ्नै सिद्धान्त र विचार रहेको उल्लेख गर्दै कसैको सिद्धान्तको पछि लाग्नुपर्ने स्थिति नभएको बताएका हुन् ।

‘हिजो मेरो कुरा सुन्नु भयो होला, महात्मा गान्धीको विचारबारे लामो बोलेँको थिएँ, मैले माहात्मा गान्धीको विचारबारे बोल्दैमा उनकै विचार लागू हुन्छ त ?’ उनले भने , ‘हाम्रो आफ्नै विचार छ । बौद्धिकहरुले अबौद्धिक तर्क गरेका मात्रै हुन् । हामीले कसैको कुरा गर्यौं भन्दैमा त्यसको विचार अँगाल्ने भन्ने हुँदैन ।’

उनले नेपाल र चीनको आ–आफ्नै मौलिक सिद्धान्त रहेको बताउदै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण आपसी सम्बन्ध बलियो बनाउनमा केन्द्रीत रहेको उल्लेख गरे ।

अर्को समाचार:

प्रधानमन्त्री हली–किसानको छोरा हुनुहुन्छ , जनताका पिर-मर्का बुझ्नुहुन्छ : सञ्चारमन्त्री