काठमाडौं – भारत साफ यू १८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । सशस्त्र प्रहरी बलको हलचोक मैदानमा जारी च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३–० ले हराउँदै भारत समूह ‘बी’ को विजेताका रुपमा अघि बढेको हो ।

भारतको जितमा गुर्किरात सिंहले २ र अमन क्षेत्रीले १ गोल गरे । तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । २ खेलमा ४ अंक जोडेको भारत समूह विजेता बन्यो । त्यस्तै २ नै खेलबाट ४ अंक जोडेको बंगलादेश समूह बीको उपविजेता बनेको छ । गोलाप्रथामा भारत विजेता र बंगलादेश उपविजेता बनेका हुन् ।

दुवै खेलमा पराजित श्रीलंका नेपाल जस्तै समूह चरणबाटै बाहिरिएको छ । समान जित र समान गोल भएपछि बंगलादेश र भारतबीच समूह विजेता र उपविजेता गोलाप्रथाबाट टुंगाइएको थियो ।

बुधबार गुर्किरातको गोलबाट ६५ औं मिनेटमा अग्रता लिएको भारतका लागि उनले नै ८७ औं मिनेटमा दोस्रो गोल गरे । अमनले इन्जुरी समयमा गोल गोलअन्तरलाई बढाए । भारतले सेमिफाइनलमा समूह एको उपविजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशले समूह एको विजेता भुटानको सामना गर्नेछ ।

अर्को समाचार:

नेयमारको निर्णायक गोलमा पीएसजीको जित, शीर्षस्थानमा उक्लियो