छिमेकीले श्रीमान श्रीमतीलाई नै बन्चरो हानेपछि …

सांकेतिक तस्बिर

काठमाडौँ : घरायसी विवादको कारण धारिलो हतियार बन्चरो प्रहार गर्दा २ जना घाईते भएका छन् ।

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका -१ मोली फस्कु बस्ने बर्ष ५५ को हर्कजित राईले शनिबार राती ११ बजेको समयमा सोही स्थान बस्ने बर्ष ७२ को बिश्र बहादुर राई र निजकै श्रीमती बर्ष ६५ की रत्नमाया राईलाई बन्चरोले शरिरको बिभिन्न भागमा प्रहार गरी गम्भिर घाईते बनाएका हुन् ।

घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी निसंखेबाट प्रहरीको टोली खटि घाईतेलाई उपचारको लागी मिसन अस्पताल ओखलढुङ्गा पठाएको थियो भने घटनामा संलग्न हर्कजित राईलाई बन्चरो सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याएको उक्त कार्यालयले जनाएको छ ।

अर्को समाचार :

खोलाले बगाई बेपत्ता भएकी महिला मृत अवस्थामा फेला

ताप्लेजुङको मिक्वाखोला गाँउपालिका-१ बेसि गाँउ बस्ने ५५ बर्षीया सन्जमाया तामाङ खोलाले बगाई बेपत्ता भएकोमा सोही दिन साझँ ५ बजेको समयमा मृत अवस्थामा फेला परेकी छिन ।

शनिबार बिहान पउने १२ बजे सन्जमाया ताप्लेजुङकै दोभान मेरिङदेन गाँउपालिका-३ स्थितमा रहेको मैवाखोला नजिक हिड्दै गर्दा ढुङ्गाबाट चिप्लिएर लड्दा सोही खोलाले बगाएर उनि बेपत्ता भएकी थिईन ।

उनलाई ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा फुङलिङ नगरपालिका-३ र तेह्रथुमको आठराई त्रिवेणी गाउँपालिका-३ तमर नदिको बिचमा ढुङ्गामा अड्कीएर मृत्यु भएको अबस्थामा सन्जमाया तामाङलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

अर्को समाचार:

रातो माटो बेच्न भ्याइ नभ्याई : रातोमाटोको बिक्रि ह्वातै बढेपछि छायो खुशियाली !