यी ३ सुपरस्टार बलिउडकी ड्रिम गर्ल हेमासंग गर्न चाहन्थे विवाह, एकको त विवाह नै नभई निधन…

बलिउडकी ड्रिम गर्ल अर्थात् अभिनेत्री हेमा मालिनी बलिउडका सुन्दर अभिनेत्रीहरु मध्ये एक हुन् । हेमाले बलिउडको थुप्रै हिट फिल्ममा काम गरिसकिन् । उनि जति सुन्दर थिइन्, त्यति नै उनको अभिनय पनि दमदार थियो । बलिउडका  थुप्रै मानिस उनको सुन्दरताको पछि लाग्थे ।

बताइएअनुसार बलिउडको ३ दिग्गज कलाकार जो हेमाको पछि लाग्थे। तीनै जना हेमा मालिनीसंग विवाह गर्न चाहन्थे। यति मात्रै नभई तिन अभिनेतामा एक यस्ता पनि थिए जसले हेमाको चक्करमा आफ्नो पुरै जिन्दगि कुमार नै गुजारे। आउनुहोस ति ३ जना अभिनेताको बारेमा जानौ:

१. संजीव कुमार


संजीव कुमारले ड्रिम गर्ल हेमा मालिनीलाई निकै माया गर्थे । हेमाले पनि उनलाई मन पराउथे। तर यसैबीच धर्मेन्द्र हेमाको जिन्दगिमा आए। त्यसपछि हेमाले धर्मेन्द्रसंग बिवाह गर्ने फैसला गरिन भने संजिव कुमारको विवाहको प्रस्ताव अस्विकार गरिन ।  बताइएअनुसार हेमाकी आमाले यी दुईको नाताको लागि इन्कार गरेकी थिइन्। हेमाले आफ्नो विवाहको प्रस्ताव अस्विकार गरेपछि संजिवले अरु कोहिसंग विवाह गरेनन । उनि आफ्नो पुरै जीवनमा कुमार नै रहे । उनको सन १९८५ मा निधन भएको थियो।

२. जितेन्द्र


संजिव पछि बलिउड अभिनेता जितेन्द्र हेमाको सुन्दरतामा फिदा भए। त्यसपछि उनले विवाहको प्रस्ताव पनि गरे। त्यस समय हेमा र धर्मेन्द्रको अफेयर चलिरहेको  थियो। त्यसैले जितेन्द्र या धर्मेन्द्र कोसँग विवाह गर्ने भनेर  हेमा दुविधामा परिन् । जितेन्द्र हेमासंग विवाह गर्ने हत्तारमा थिए र करिब विवाहको तयारी पनि पुरा गरेका थिए। तर धर्मेन्द्रको फोनपछि हेमाले आफ्नो सोच परिवर्तन गरिन् ।

३. राजकुमार:

यी दुई अभिनेताहरु बाहेक राजकुमार पनि हेमाको सुन्दरतामा फिदा थिए र उनि हेमासंग विवाह समेत गर्न चाहन्थे। तर हेमाले उनलाई पनि इन्कार गरेकी थिइन्। अन्तत  हेमा मालिनीले सबैको यी तिनै जनाको प्रस्तावलाई अस्वीकार गरेर धर्मेन्द्रसँग विवाह गरिन । बताइएअनुसार हेमा मालिनीले आफ्नो परिवार विरुद्द गएर धर्मेन्द्रसंग विवाह गरेकी थिइन्।

पहिलो पटक हेमाले धर्मेन्द्रलाई फिल्म ‘तुम हंसी हम जवां’ को सेटमा भेटेकी थिइन्। यी दुइले ४० भन्दा बढी फिल्ममा एकसाथ काम गरेका छन्। सेटमा धर्मेन्द्र र हेमा एका-अर्कालाई निकै माया गर्थे। किनकी उनीहरु विवाहित जोडी थिए। यहासम्म कि धर्मेन्द्रले आफ्नी पहिलो श्रीमतीलाई डिभोर्स समेत दिएका थिएनन्। यसको बाबजुद पनि हेमाले उनीसंग विवाह गरेकी थिइन्।

अर्को समाचार:

खोलाको जग्गा धितो राखी ५ करोड लिएर भ्यालुएटर र ऋणी फरार …