ट्वाइलेट गएका माधवको एका-बिहानै मृत्यु!

सांकेतिक तस्विर

वर्षासँगै परेको चट्याङ लागेर पर्सामा आज बिहान एक युवकको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लागेर पर्साको बहोदरामाई नगरपालिका–३ निवासी २५ वर्षीय माधव रामको मृत्यु भएको हो ।

बिहान ४ः३० बजेको समयमा शौच गर्न घरबाट बाहिर गएका राम खेतमा बस्दै गरेको बेला चट्याङ लागि गम्भीर घाइते भएको र उनलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । मृतक रामको शव परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

आधुनिक इँटा उद्योग सञ्चालनमा
नुवाकोटको लिखु गाउँपालिका–१ मुरलीटारमा भैरवीमाई इँटा उद्योग प्रालि सञ्चालनमा आएको छ । विद्युतीय उकरणमार्फत उत्पादन हुने भएकाले इँटाको गुणस्तर नेपालमै उच्च कोटीमा रहेको उद्योगको दाबी छ ।

चिनियाँ प्रविधि र जनशक्तिमार्फत निर्माण गरिएको आधुनिक इँटा उद्योगले आजदेखि नियमित उत्पादन शुरु गरेको प्रालिका अध्यक्ष हरिकृष्ण महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार “उद्योगको उत्पादन प्रविधि र उपकरणका सहायताबाट गरिएको छ भने धुवाँ र मानवीय श्रममुक्त भएकाले उद्योग वातावरणमैत्री रहेको छ”, उहाँले भन्नुभयो, “माटो खन्नेदेखि उत्पादनसम्मका सबै काम प्रविधि र उपकरणको सहायताबाट हुन्छ । कम लगानीमै धेरै उत्पादन गर्न सकिने हुँदा उपभोक्तालाई हाल बजारको मूल्यभन्दा सस्तो, आकारमा ठूलो र गुणस्तरीय उत्पादनसमेत दिइनेछ ।”

इँटा उद्योगमा हुने बालश्रम तथा श्रमशोषण विकराल रहेको अवस्थामा सञ्चालनमा आएको यस उद्योगले ती समस्या समाधान गर्ने विश्वास लिइएको छ । विद्युतीय टनेलमार्फत तयार गरिने हुँदा इँटा उत्पादनका क्रममा आउने धुवाँले वातावरणमा पु¥याउने समस्या र इँटा पोल्न काठका लागि हुने जङ्गल फँडानीसमेत निवारण हुने उद्योगले जनाएको छ ।

उद्योग सञ्चालक समितिका सदस्य नारायणमान श्रेष्ठका अनुसार हाल सञ्चालमा रहेका अन्य इँटा उद्योगले हिउँदको समयमा मात्र चल्ने, बादल र वर्षाबाट उत्पादन प्रभावित बन्ने भए पनि भैरवीमाई उद्योग बाह्रै महीना चलाउन सकिनेछ । यहाँ उत्पादन भएका इँटा काठमाडाँै उपत्यका सहित चितवन, हेटौँडा, पोखरालगायतका स्थानसम्म पहुँच राख्नसक्ने सञ्चालकको दाबी छ । हाल ८० रोपनी जग्गामा फैलिएको आधुनिक संरचनामा निर्मित उक्त उद्योगमा रु ३५ करोड लगानी रहेको छ ।

अर्को समाचार:

देउवालाई होच्याएर बोलेपछि प्रवक्ता शर्माले भने ; राष्ट्रपतिले रामवरण यादवसँग ट्युसन पढ्नु