संचारकर्मी रवि लामिछाने सहित ३ जना अदालतमा उपस्थित हुँदै …

काठमाडौँ : पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा पक्राउ परि अदालतको आदेशमा धरौटीमा रिहा भएका संचारकर्मी रवि लामिछाने सहित ३ जना आइतबार पुन अदालतमा उपस्थित हुने भएका छन्।

पत्रकार पुडासैनीले आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियोको आधारमा अनुसन्धानका लागि पक्राउ परेका संचाकर्मी लामिछाने र युवराज कँडेलले जनही ५ लाख र ३ लाख धरौटीमा रिहा गरेकोमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी बकपत्र सुरु हुने भएको हो।

रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार उपस्थित हुन अदालतले आदेश दिएको भएपनि करिब ११ बजेसम्म कोहि उपस्थित नभएको अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए।

भरतपुरको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलको कोठाभित्र गत साउन २० गत्ते राति पासो लगाएको अवस्थामा फेला परेका पत्रकार पुडासैनीले एक भिडियो मार्फत संचारकर्मी लामिछाने ,युवराज कंडेल र अस्मिता कार्कीले आफूलाई ज्यान फाल्न बाध्य बनाएको बताउदै लामिछानेले ठूला व्यापारी र तस्करसँग रकम असुल्ने गरेको समेत आरोप लगाएका थिए ।

केहि हप्ता अघि चितवन अदालतको आदेश चित्तबुझ्दो नभएको कारण देखाउदै पत्रकार लामिछानेलेउच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका थिए ।

संचारकर्मी लामिछानेलाई ५ लाख , कँडेललाई ३ लाख र कार्कीलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएकोमा लामिछाने र कँडेलले उक्त आदेश बेरितको रहेको भनी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको सो आदेश बदर गरि साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरि पाऊँ भनी निवेदन दर्ता गराएका हुन् ।

अर्को समाचार:

ट्वाइलेट गएका माधवको एका-बिहानै मृत्यु!