ठाउँ ठाउँमा देखिएका अराजक गतिविधि नियन्त्रण गर्न सबै दलबीच सहमति भएको छ : प्रचण्ड

फाइल तस्बिर

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले देशमा अराजक गतिबिधि बढ्दै गएको बताएका छन् ।

थारु समुदायले मनाउने जितिया पर्वका अवसरमा आयोजित एक कार्यक्रममा सहभागी हुन सुनसरी पुगेका अध्यक्ष प्रचण्डले देशका विभिन्न स्थानमा अराजक गतिविधि बढ्दै गएको भएपनि परिवर्तन र प्रणालीलाई खतरा नआइसकेको धारणा व्यक्त गरेका हुन् ।

‘अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो । यसको प्रतिवाद सबै राजनीतिक दलहरुले र सरकारले गर्नुपर्छ भन्ने संसदमा सहभागी राजनीतिक दलहरुबीच सझदारी भएको छ’, प्रचण्डले भने,यसको अर्थ भौतिक होइन राजनीतिक र बैचारिक रुपमा त्यो प्रवृतिलाई परास्त गर्नुपर्यो’।

संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ढिक्का हुनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले ठाउँ ठाउँमा भएका अराजक गतिबिधि नियन्त्रण गर्ने विषयमा संसदमा सहभागी राजनीतिक दलहरुबीच समझदारी भएको बताए ।

सरकारले काम नै गरेन भन्ने भन्नु गलत भएको बताउदै उनले विकासका कामहरु झन् तिव्र रुपमा अघि बढ्नेमा ढुक्क हुन् आग्रह गरेका थिए । ‘सरकारले काम नै गरेन भन्ने कुरा सत्य होइन’, उनले भने, थुप्रै मौलिक हक सम्बन्धी कानून बने, छिमेकीसँगको सम्बन्धमा सधार आयो । भारतसँगको पेट्रोलियम पदार्थको पाइपलाइन ठूलै उपलब्धि हो । चीनसँग राम्रो सम्बन्ध र आधारहरु बनेका छन् ।’

वर्तमान सरकार भ्रष्टाचारविरुद्ध अभियानमा लागेकाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।

अर्को समाचार:

संचारकर्मी रवि लामिछाने सहित ३ जना अदालतमा उपस्थित हुँदै …