संविधान जारी भएकोमा गर्व छ भन्दै बाबुरामले दिए शुभकामना , शेयर गरे यी ४ तस्विर …

काठमाडौँ : समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले शुक्रबार संविधान दिवसको अवसरमा सम्पूर्ण देशबासीलाई शुभकामना दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संविधानका सबल पक्षको रक्षा गर्दै दुर्बल/अपूर्ण पक्षवारे संविधान संशोधन गरेर पूर्णता दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

शुक्रबार अध्यक्ष भट्टराईले सामाजिक संजालमार्फत जनयुद्ध,मधेसआन्दोलन लगायतको बलमा नेपाली इतिहासमा पहिलो पटक सार्वभौम नेपाली जनताले संविधानसभाबाट संविधान जारी गरेकोमा गर्व रहेको बताउदै केहि विषय सच्याउनुपर्ने बताएका हुन् ।

उनले ट्वीटरमा ट्वीट गर्दै लेखेका छन्”जनयुद्ध, मधेसआन्दोलन लगायतको बलमा नेपाली इतिहासमा पहिलो पटक सार्वभौम नेपाली जनताले संविधानसभाबाट संविधान जारी गरेकोमा गर्व गर्दै संघीयता,शासकीय स्वरूप,नागरिकता इ.बिषयमा अग्रगामी संशोधन गरेर संविधानलाई सबै जनताको साझा दस्तावेज बनाऔं!संविधान दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना!”

भट्टराई नेतृत्वको समाजवादी पार्टीले भने यस अघिनै संविधान दिवस नमनाउने निर्णय गरिसकेकोसंविधान दिवसको दिन समाजवादी पार्टीले खुशीयालीको रुपमा दिपावली र विरोधस्वरुप कालो दिवस दुवै नमनाउने घोषणा गरेको हो ।

समाजवादी पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले गत सोमबार एक विज्ञप्ति जारी गरि संविधान दिवस नमनाउने र विरोध पनि नगर्ने  निर्णय भएको जानकारी दिएका हुन् ।

‘२०७२ सालको विद्यमान संविधान त्रुटिपुर्ण एवं अपुर्ण रहेकोले संविधान जारी भएको दिन असोज ३ गतेको सन्दर्भमा खुशियालीका रुपमा दिपावली र विरोधका रुपमा कालो दिवस दुबै नमनाउने र त्यस्ता कार्यक्रममा सहभागी पनि नहुने’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै त्यस दिन सो पार्टीले सातवटै प्रदेशको राजधानीमा “संविधान संशोधनको अपरिहार्यता र आवश्यकता” विषयक अन्तरकृयात्मक कार्यक्रमहरु गर्ने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

केहि महिनाअघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादवको समाजवादी फोरम नेपाल मिलेर समाजवादी पार्टीको घोषणा भएको थियो । हाल भट्टराई सो पार्टीका संघीय परिषदका अध्यक्ष छन् भने यादव केन्द्रीय समितिको अध्यक्ष रहेका छन् । छ ।

अर्को समाचार:

आज बिजुली बसमा नि:शुल्क चक्रपथ घुम्न पाइने …