आज असोज १ गते, यस्तो छ सुनचाँदको भाउ!

काठमाडौँ, असोज १ । साउन महिनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य भदौको अन्तिम सातामा लगातार ओरालो लागेको थियो । तर ३ दिन यता सुनको मुल्य लगातार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ७१  हजार ३  सय रुपैयामा कारोवार भएको छापावाला सुनको मुल्यमा आज पनि कुनै परिवर्तन आएको छैन। आज छापावाला सुनको मुल्य प्रतितोला  ७१ हजार ३ सय रुपैया रहेको महासंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य प्रतितोला ७१ हजार रुपैयामा  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाले बढेको छ । मंगलबार प्रतितोला ८ सय ६५ रुपैयामा कारोवार भएको चाँदीको मूल्य आज तोलामा ८ सय ७० रुपैयामा कायम रहेको महासङ्घले जनाएको छ ।

अर्को समाचार:

आज फेरी घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!