मन्त्री भट्टराईले जस्तै दुर्व्यवहार गरेपनि सच्चिने मौका दिउँ भनेपछि चलेन मुद्धा …

काठमाडौँ : आइतबार ललितपुरबाट पक्राउ परेका ज्ञानेन्द्र शाही भनिने ज्ञानबहादुर शाही थुनामुक्त भएका छन् ।

शनिबार कैलालीको सदरमुकाम टिकापुरमा आयोजित डलफीन महोत्सबको कार्यक्रमबाट राजधानी फर्किने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईमाथि जाइलागेका शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा दुई पक्षबीच विवाद हुँदा केहि युवाहरु शाहीमाथि खनिएपछि सुरक्षाको कारण देखाउदै नियन्त्रणमा लिइएका शाहीलाई प्रहरीले सोमबार दिउँसो छोडेको हो ।

दुवै पक्ष उग्र भएर विवादमा उत्रिएपछि शाहीमाथि असुरक्षा बढेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । पर्यटनमन्त्री माथि दुर्व्यवहार गरेका शाहीलाई अभद्र व्यवहारमा नगर्ने सर्तमा थुनामुक्त गरिएको ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले जानकारी दिईन ।

मन्त्री भट्टराईले शनिबारनै सामाजिक संजालमार्फत बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमाडौँ  फर्कने क्रममा केहि ढिला हुन गएको सत्य भएको बताउदै घन्टौं फर्खाएको भन्दै आफ्ना विरुद्ध नियोजित रुपमा उत्रिने केही व्यक्तिका कारण बदनाम भएको धारणा व्यक्त गरेका थिए । तर सोमबार मन्त्री भट्टराईको आग्रहमा गल्ती सुधार्ने शर्तमा मुद्दा नचलाइ रिहा गरिएको प्रहरीले जनाएको छ ।

शाहीले आफूलाई भष्ट्रचारी विरुद्धको अभियन्ता बताउदै आएका छन् ।

अर्को समाचार:

बाबुराम भट्टराईको समाजवादी पार्टीले संविधान दिवस नमनाउने …