सन्नी लियोनी भोलि नेपाल आउँदै !

काठमाडौँ – बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन्। नेपाली चलचित्र ‘पासवर्ड’ को एक गीतमा समेत देखा परेकी सन्नी बिहिबार नेपाल आउने भएकी हुन्।

प्राप्त जानकारी अनुसार सन्नी बिहिबार दिउँसोको २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ल्याण्ड गर्नेछिन् भने मिडिया साक्षात्कारमा समेत सहभागी हुने छिन्।

मिडिया साक्षात्कार पश्चात सन्नी कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आयोजना हुने ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुने चलचित्र निर्माण पक्षले जनाएको छ।

सन्नी यस भन्दा अगाडी पनि नेपाल आइसकेकी छन्। यस भन्दा अगाडी विभिन्न कार्यक्रममा सहभागी हुने नेपाल आइपुगेकी सन्नी आफूले काम गरेको नेपाली चलचित्रको प्रिमियर लगायतका कार्यक्रममा सहभागी हुने नेपाल आउन लागेकी हुन्।

सन्नी शनिबार सम्म नेपाल बस्ने बताइएको छ। शुक्रबार नेपालका विभिन्न स्थानमा भ्रमण सकेपश्चात सन्नी शनिबार भारत फर्किने कार्यक्रम रहेको बताइएको छ।

चलचित्रमा समावेश गरिएको ‘सन्नी हो नाम बेबी’ बोलको गीतमा सन्नी आइटम डान्स गरेकी थिईन भने उक्त गित यसअघिनै युवटुबमार्फत सार्वजनिक भइसकेको छ । लचित्रमा अनुप विक्रम शाही, विक्रम शाही, वुद्दि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित : बुधबार, भदौ २५, २०७६१६:५८
अर्को समाचार:

नेकपा सचिवालय बैठक सकियो , उपनिर्वाचनका लागि दल दर्ताको जिम्मा पौडेललाई …