ठूला बुबालाई अन्तिम श्रद्धाञ्जलि दिँदै भावुक बने प्रचण्ड …

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्ना ठूला बुबालाई अन्तिम श्रद्धाञ्जलिका दिएका छन् ।

भरतपुर महानगरपालिका–७ स्थित गौतमचोकमा गएराति निधन भएका ९२ वर्षीय ठूला बुबा कुलप्रसाद दाहाललाई अन्तिम श्रद्धाञ्जलिका दिँदै राजनैतिक परिवर्तनमा उनको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालका बावु एवं प्रचण्डका ठूलाबावु कुलप्रसाद विसं २०३६ देखि भूमिगतरूपमा किसान सङ्गठनका नेताको भूमिका निभाउँदै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए ।

‘बुबाको योगदान निकै ठूलो छ । मानिसहरुले बाहिरबाट हेर्दा झट्ट नदेखिने तर बुबाले परिवारका सबै सदस्यलाई राजनीतिमा सङ्गठित बनाएर लैजान महत्वपूर्ण भूमिका खेल्नुभयो ।’ अध्यक्ष प्रचण्डले भने ।

अध्यक्ष दाहालले पार्टी र आफ्नो तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै ठूला बुबाले सबै छोराछोरीलाई राजनीतिमा परिचालन गरेर महत्वपूर्ण भूमिका निभाएको स्मरण गरेका थिए ।

नेकपाका प्रदेश अध्यक्ष दाहालसहित उनका चार छोरा र दुई छोरी छन् । उनको आजै देवघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रकाशित : बुधबार, भदौ २५, २०७६१६:३९
अर्को समाचार:

सन्नी लियोनी भोलि नेपाल आउँदै !