सन्दीपको बार्बाडोस सेन्ट किट्ससँग भिड्दै ! टिममा पर्ने सन्दिपको सम्भावना कति ?

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राईडेन्टसले दोस्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिटससँग खेल्दै छ । खेल भोली विहान ३:४५ मा हुनेछ ।

सन्दीपको टोली बार्बाडोस पहिलो खेलमा गुयना एमेजेन वारियससँग ४७ रनले पराजित भएको थियो । सेन्ट किट्स सन्दीपको पूर्व टोली हो । सन्दीपले गत वर्ष सेन्ट किट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिदै युवा उदयमान खेलाडी घोषित भएका थिए ।

सेन्ट किट्सले जारी सीपीएलमा ३ खेलमा २ मा हार र १ मा जित निकालेको छ । सेन्ट किट्ले पहिलो जित निकाल्ने क्रममा जामिका तालवासाले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य ७ बल अगाडी ६ विकेटको क्षतिमा पुरा गरेको थियो ।

सेन्ट किट्सको जितमा देभन थोमस ७१ र इभिन लुईस ५३ रन जोडेका थिए । यी दुबै खेलाडी बार्बाडोसलाई घातक बन्न सक्छन् । एभिन लुईस,फाबिएन एलिन,कार्लोस वर्थवेट,शोल्डेन कर्टेल र मोहम्मद हफिज उसका ठूला नाम गरेका खेलाडी हुन् ।

यता सन्दीपको टोलीले पहिलो खेलमा कमजोर ब्याटिङ गरेको थियो । गुयनाले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याएको बार्बाडोस १६.४ ओभरमा अल आउट भएको थियो । बार्बाडोसमा एलेक्स हेलक्स हक्स, जेपी ड्युमिनी, जेसन होल्डर, एशले नर्श, आशिफ अली, शाई होप स्टार खेलाडी हुन् ।

सन्दीपको उच्च सम्भावना

सेन्ट किट्सविरुद्ध सन्दीप प्लेइङ ११ मा पर्ने उच्च सम्भावना छ । पहिलो खेलमा सन्दीपले गुयनाविरुद्द १ ओभरमा ५ रन मात्र खर्चिदा पनि कप्तान जोसन होल्डरले पुन मौका दिएका थिएनन् । जसको कारण होल्डरको कप्तानीलाई लिएर प्रश्न उठेको थियो । सन्दीप बाहेक अन्य सबै बलरले गुयनाविरुद्ध खराब प्रर्दशन गरेका थिए । त्यसैले सेन्ट किट्सविरुद्ध सन्दीपको उच्च सम्भावना देखिन्छ ।

प्रकाशित : बुधबार, भदौ २५, २०७६१६:४२
अर्को समाचार:

बार्बाडोसलाई जिताउन सन्दिपको ठूलो भूमिका, बने म्यान अफ द म्याच !