५५ बर्षीय वृद्धले आफ्नै घाँटी रेटे …

काठमाडौँ : बुधबार एक युवकले आफ्नो घाँटी आफैंले रेटेर ज्यान फालेका छन् ।

पाँचथरको फिदिम नगरपालिका-८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले बिहान साँढे ९ बजेको समयमा आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका हुन् ।

युवकले घाँटी रेटेको भन्ने सूचना पाए लगत्तै अस्थायी प्रहरी चौकी तमाखेबाट खटिएको प्रहरी टोलीले गुरुङलाई मृत अवस्थामा फेला पारेको बताइएको छ ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी जण्डिसको उपचार गर्ने बहनामा झाँक्रीले पेटमा पेटमा पारिदिएपछि धादिङका एक युवक जीवन र मरणको दोसाँधमा पुगेका छन् ।

धादिङको नीलकण्ड नगरपालिका-९ झगरेका राजु मगरलाई विगत २ महिना अघि जण्डिसले छोएको भएपनि उपचारमा झाँक्रीको भर पर्दा अवस्था नाजुक बन्दै गएको हो ।

झाँक्रीले राजुको शरिरमा रहेको विकार फालिदिने भन्दै पेटमा प्वाल पारेपछि अवस्था नाजुक बन्दै गएको छ भने उनी बोल्न समेत नसक्ने अवस्थामा पुगेको बताइएको छ ।

झाँक्रीले पेटमा ब्लेडले चिरेर विकार फालिदिने भन्दै प्वाल पारेपछि गम्भीर अवस्थामा पुगेका राजुलाई हाल जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको भएपनि स्वास्थ्य अवस्था नाजुक बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ ।

सुरुमा सामान्यजस्तै बिरामी पारेका उनलाई घरमै राखेर अस्पतालको औषधी खुवाईरहेको अवस्थामा झाक्रीले शरिरमा विकार रहेकाले स्वास्थ्यमा समस्या आएको बताउदै आफूले निकालिदिने बताएपछि गाएका राजुलाई कोठमा थुनेर ब्लेडले पेटमा चिरिदिएका हुन् । सुइ लगाएको जस्तो गरी केहि सामानले घोची घाउ बनाएजस्तो गरेका झाक्रीले पुन घाउमा मुखले टोकिदिएका थिए ।

झाँक्रीले पेटमा प्वाल पारेपछि अवस्था बिग्रिएको र त्यसपश्चात अस्पताल भर्ना गरिएको पारिवारका सदस्यले बताए ।

 

प्रकाशित : बुधबार, भदौ २५, २०७६१६:०२
अर्को समाचार:

जिवित छँदै सिक्का निष्काशन गरिएका पहिलो व्यक्ति : जोशीको सम्मानमा तीन थरि सिक्का निष्काशन