यी हुन् सेवाग्राहीलाई मिठाई पसलमा बोलाएर घुस लिँदै गर्दा समातिएका प्रहरी जवान …

काठमाडौँ : सेवाग्राही सँग घुस लिँदालिँदै एक प्रहरी जवान रंगेहात पक्राउ परेका छन् ।

सेवाग्राही सँग ५ हजार घुस लिँदै गरेका प्रहरी जवान गम्भीरा साह तेलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको हो ।

आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले पर्सामा कार्यरत तेलीलाई सोमबार दिउँसो वीरगञ्‍जको माईस्थान चोकको एक मिठाई पसलमा सेवाग्राहीलाई भेटेर नगद पाँच हजार लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ ।

घुस रकम सहित रंगेहात समातिएका उनलाई हेटौँडा लगेर थप अनुसन्‍धान तथा कारबाही अघि बढाउने अख्तियार जनाएको छ ।

यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित एकजना पक्राउ परेका छन् ।

सोमबार दिउँसो हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका होमबहादुर गुरूङलाई डेढ किलो सुनसहित विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।

आगमन कक्षमा झोला चेकजाँच गर्दा फेला परेको उक्त परिणामको सुनबारे अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ।

प्रकाशित : सोमबार, भदौ २३, २०७६१४:२०
अर्को समाचार:

जब ठगी गरेर भागिरहेका युवकनै काठमाडौँबाट अपहरणमा परे …